मुसिकोट नगरपालिका रुकुम (पश्चिम) मा लामो समय देखि विद्युत अनियमित हुदै आएको छ । कतिखेर झुल्किन्छ त कतिखेर निभ्छ । रुकुम मुसिकोटकै विद्युतको विषयमा आधारित रहेर कतिपयले फेसबुकमा व्यङ्ग्य हान्ने देखि बारम्बार संचार माध्यमहरुमा समाचार आउने गरेको भएपनि सरोकारवाला निकायहरुले सुधारमा ध्यान देखिएको छैन । तर यहाँका उद्योगी, व्यापारी, विद्यार्थी लगायत सर्वसाधारण भने बिद्युतको बिषयमा गुणसो गरिरहेको भेटिन्छन । वास्तवमा विद्युत अनियमित हुँदा कस्तो समस्या हुन्छ त ? प्रस्तुत छ सहकर्मी फलिराम विश्वकर्माले त्यसबारे जिल्ला स्थित बिभिन्न ब्यक्तिहरु संग लिएको जनमत

डम्मर के.सी, राप्ती अफसेट प्रेस
विद्युत अनियमित हुँदा हामीलाई निकै समस्या छ । हामीले विद्युत नआउदा जेनेरेटर बाट काम त चलाई हाल्छौ नै तर पनि जेनेरेटरले काम गर्दा ठुलो मेसिन चल्दैन । जसले गर्दा पत्रिका अलि ठुलो पेपरमा छाप्नु पर्ने चिजहरु छाप्न नपाउदा व्यापार व्यवसायमा घाटा भएको छ । यदि विद्युत नियमित भएमा जेनेरेटरमा प्रयोग हुने डिजेल किन्ने पैसा समेत जोगीने थियो ।

सन्ध्या ओली, राज मोबाईल सेन्टर
हामी जस्ता विद्युतिय सामानहरु को नै काम गर्नेहरुका लागी त झनै विद्युत अनियमितताले निकै समस्या निम्त्याएको छ । हामीसँग ब्याकअप भए पनि चार्ज गर्नुपर्ने हुन्छ । र कहिलेकाहीँ त चार्ज गर्ने गरि समेत बत्ति आउदैन । त्यसैले विद्युत नहुँदा चाँही कतिपय ग्राहक फिर्ता हुने स्थिति समेत आउने गर्दछ । किनकि हामीले गर्ने मोबाईल फोन सम्बन्धि काम हो । त्यसका लागी विद्युत नभई हुदैन ।

संघर्ष सत्ता कृष्ण, भैरहवा सुनचाँदि पसल
विद्युत नियमित नहुँदा समस्या भएको छ । तर हामीलाई मात्र होईन सम्पुर्ण नेपाल विद्युत प्राधिकरणको उपभोक्तालाई । हामीलाई भएको असहजता भने यो तीजको लहरमा गहना बनाउने को लर्को निकै नै छ । तर हामी नापतौल विद्युतिय तराजुबाट गर्ने गर्छौ । तर नियमीत विद्युत नआउँदा विद्युतिय तराजुको चार्ज सकिएर कतिपय ग्राहक त फर्केरै जाने स्थिती पनि आउने गर्दछ । अब फलाम भए पो अन्य तराजुबाट नाप लिनु सुन–चाँदिमा यस्तो गर्नु भएन ।

यमराज थापा, बिद्यार्थी
यहाँको विद्युत अनियमित हुने समस्याले म मात्र नभएर सम्पुर्ण विद्यार्थीहरु पीडित छन् । टाढा टाढा बाट आफ्नो पढाई पुरा गर्नका लागी म जस्ता हजारौ विद्यार्थीहरु सदरमुकाम सम्म धाउने आउने गरेका छौ । तर पढ्दा पढ्दै विद्युत अवरुद्ध हुने समस्याका कारण कतिपय अवस्थामा त पढ्न समेत दिक्क लाग्ने गर्छ । यस्तो समस्या कहिले हट्ला र ढुक्क सँग पढ्न पाईएला म त साह्रै चिन्तित समेत छु ।

रविन्द्र बोहरा, मारानाथ म्युजिक ट्रेनिङ्ग सेन्टर
अन्य क्षेत्र भन्दा बजार क्षेत्रमा विद्युत नहँुदा समस्या अझ बढि हुनुका साथै कतिपय उद्योग धन्दामा प्रतिकुल प्रभाव पार्ने भएकाले नोक्सान समेत हुने गरेको छ । हामीलाई पनि नकरात्मक प्रभाव त परेकै छ । जस्तो किबोर्ड संगीत सिकाउने क्रममा किबोर्ड सिकाउन विद्युत नै चाहिन्छ । विद्युत नहुँदा किबोर्डको ब्याट्रि किन्नमा समेत धेरै रकम खर्च भईसकेको छ । अझ इलेक्ट्रिक गितार पनि विद्युत बिना नचल्ने भएकाले समुहमा गीतार बजाउन सिकाउन पनि सकिएको छैन । त्यस्तै माईकबाट गर्ने कार्यक्रमहरु पनि सञ्चालन गर्न गाह्रो भएको छ । हामीले दिने सेवा गुणस्तरिय बनाउनका लागी विद्युत सेवा नियमित भईदिए हुन्थ्यो भन्ने मलाई लाग्छ ।

नरेश पुन, सिस्ने डिजीटल फोटो स्टुडियो
बत्ति हुँदा र नहुँदाको व्यापार धेरै फरक छ । केहि समय सम्म व्याकअप बाट काम चले पनी विद्युत छैन भन्ने सोच ग्राहकहरुमा भएका कारण नै पनी व्यवसायमा प्रभाव पारेको छ । नेपाल विद्युत प्राधिकरणको विद्युत निकै नै कम भोल्टेज आउने भएकोले फोटोकपी मेसिन समेत चलाउनका लागी पनि स्टेपलाईजर किन्नुपर्ने अवस्था देखिन्छ र यो सबैले किन्न पनि त सक्दैनन् । व्यापार घाटा हुनुको एक कारण विद्युत अनियमितका साथै कम भोल्टेजको विद्युत प्रवाह पनि हो जस्तो मलाई लाग्छ ।

कोपीला बिसी(चन्द)
विद्युत अनियमित हुँदा धेरै समस्याहरु छन । विशेष त झन हामी जस्ता गृहणीहरुलाई निकै समस्या हुने गर्दछ । जस्तै साँझमा खाना पकाउदा अप्ठ्यारो नै हुन्छ । कतिबेला त झन बच्चाले ग्याँसमा हातले छोएर पोलेकै घटनाहरु पनि घटे । मोबाईल फोनमा चार्ज नहुँदा सञ्चार माध्यम जस्तो महत्वपुर्ण साधन समेत निष्क्रीय भएर एक ठाउँको घटना अर्को ठाउँमा थाहा पाउनै गाह्रो हुन्छ । अरु त के रेडियोमा समाचार समेत सुन्न पाईएको छैन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto