तिलकराज रसाईली
रुकुम पूर्वको सिस्ने गाउँपालिका २, प्वाङको सुर्दिमा नेपाल टेलिकमको टावर निर्माणको अन्तिम चरणमा पुगेको छ । सिस्ने गाउँपालिकाकै सबैभन्दा बढी सञ्चार सेवाबाट बञ्चित भएको उक्त क्षेत्रमा टावर सञ्चालनमा आउन लाग्दा त्यहाँका स्थानीयहरु हर्षित भएका छन् । फोन गर्नकै लागी मात्र दिनको घाम कुर्नु पर्ने र अग्ला डाँडामा चढ्नुपर्ने अवस्था अब अन्त्य हुने स्थानीय पे्रम घर्तिले बताए । विशेष गरि पालिकाको वडा नं १ सिस्ने र वडा नं २ को प्वाङलाई सञ्चार सेवामा जोड्ने उद्देश्यले टावरको निर्माण गरिएको गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिईन ।
नेपाल टेलिकमले गत वर्षदेखि उक्त ठाउँमा टावर निर्माण कार्य थालेको थियो । २०७४ चैत्र मसान्तमै निर्माण गरिसक्ने र वैशाखसम्म सेवा सुचारु गर्ने भएपनि समयभन्दा ढिलो गरि निर्माण भएको हो । भौगोलिक विकटताका कारण आवश्यक पुर्वाधार पु¥याउन कठिनाईका भएका कारण तोकिएको समय भन्दा केहि ढिलो निर्माण भएको कार्यालयले बताएको छ । ‘ट्रस फिटिङका लागी आवश्यक सामाग्री हेलिकप्टरबाट लिने कुरा थियो तर वर्षातको मौसमी खराबीका कारणले नभई मान्छेले नै ओसारपसार गर्नुप¥यो’ टेलिकमका कर्मचारी बिजय गौतमले भने, ‘जोखिम मोलेर वारपार गर्ने भएकाले तोकिएको समयमा काम गर्न नसकिएको हो, निर्माणको काम अन्तिम चरणमा पुगेको छ अब छिटै संचालन हुन्छ ।’
अब सोलार जडान सहितका केहि पुर्बधारको काम बाँकी छन । निर्माण कार्य ढिलाई भईरहेका भएपनि छिट्टै स्थानिय जनतालाई सञ्चारमा जोड्ने पहल कदमी लिईएको वडा नं २ का वडा अध्यक्ष जीवन केसीले जानकारी दिए ।