समीर श्री
सल्यानमा एक घर भत्किदा एकै घरका ५ को मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नं ४ सेतिगुँरास मा गए राति घर भत्किएको हो । घटनामा ४० बर्षिय का रामसिंह बिक, उनकी श्रीमती ३५ बर्षिय रामकली, ७ वर्षकी छोरी गंगा, ६ बर्षकी छोरी प्रमिला र ४ वर्षका छोरा रुपलाल रहेका छन् । घटनामा बिककी ८ वर्षिया छोरी सुनिताको भने अवस्था सामान्य रहेको छ । उनकी अन्य दुई छोरीहरु आफन्तकोमा घरमा गएकोले उनीहरु भने सुरक्षित रहेका छन् । घटना घटेको थाहा पाए लगतै नगर प्रमुख लोकमान बुढाथोकी, प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायत स्थानीयहरु उद्धारमा कार्यमा लागेका थिए । घरको दलिन भाँचिएर घटना भएको हुनसक्ने ईप्रका सिमखोलीका ईन्चार्ज प्रनानि रतन शर्माले जानकारी दिए ।
फेसबुक प्रतिक्रियाहरु
