डिल्लीबहादुर खत्री
चौरजहारी
रुकुम पश्चिम चौरजहारी नगरपालिकाले आधुनिक सभा हल निर्माण गरेको छ । नगरपालिकाको साढे २२ लाख बजेटबाट सभाहल निर्माण गरिएको हो । नगर सभा र बैठकहरु सञ्चालन गर्न सजिलो बनाउने उदेश्यले सभाहल निर्माण गरिएको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत प्रदिप स्वर्णकारले जानकारी दिए । ‘यस अघि नगर सभा, बैठकहरु सञ्चालन गर्दा व्यवस्थित नहुँदा पानी पर्यो, हावाहुरी लाग्यो भने समस्या हुने गरेको थियो, सभाहल निर्माण भएपछि त्यो समस्या छैन’ उनले भने ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto