पहिरो पीडित संग प्रदेश सांसद कामी

Byआहा सञ्चार

२०७५ भाद्र ११, सोमबार १८:४४ गते

सुवास बटाला
कर्णाली प्रदेश क्षेत्र नं १ का सांसद रातो कामीले आठबिसकोट नगरपालिको पहिरो पीडितहरु संग पुगेर भेटघाट तथा स्थलगत अुनगमन गरेका छन । अनुगमनको क्रममा १५ घर पहिरो तथा बाढिले पुर्णरुपमा क्षेति गरेको र ४५ घर अझै जोखिम रहेको पाईएको उनले बताए । सासंद कामीले दुई दिन लगाएर नगरपालिकाको धुल्सेनी, धैरेना, रेला भगार, च्युरा, बासकोट, कमेरीखोली, सल्लेरी, गोथथात, लबाङ, लगाएत ठाउँको अनुगमन गरेका हुन ।

पहिरो तथा बाढिको कारण पिडितलाई केन्द्र सरकार र प्रदेश सरकारबाट राहतको पहल गरिने आस्वासन दिएका छन । साथै पहिरोको कारण घरबाट बिस्तापित भएकाहरुको लागि आबासको व्यवस्थाको लागि पनि पहल गर्ने पनि उनको भनाई छ । विभिन्न ठाउंमा भएको धान र मकै बाली नष्ट भएकोलाई तत्काल १ हप्ता भित्र स्थानीय तहको कृषि टोली खटाई क्षतीको सत्य तथ्य छानबिन मार्फत नगरपालिकालाई राहत दिन लगाउने उनको भनाई छ । स्थानीय तहहरुमा भएको क्षतिको डाटा सत्य तथ्य छानविन गरी प्रदेश र केन्द्र सरकारमा पठाउन समेत उनले स्थानीय तहहरुलाई निर्देशन दिएका छन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto