मोहन वि.सी
रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा न. १२ मा बाल बिवाह गर्न लागेका एक जोडिलाई रोकिएको छ । नगरपालिकाको वडा न. ६ का २४ बर्षिय रमेश अधिकारी र सोही नगरपालिका वडा न.१२ की १६ बर्षिय माया ओली बिच मन्जुरी साथ नै बिबाह हुदैछ सूचनाको आधारमा वडा कार्यालयको प्रयासमा बिबाह रोकिएको हो । केटा र केटिको २० बर्ष उमेर नपुगेर बिबाह गर्न नपाईने कानुनी मान्यता अनुसार अभिभावकहरुलाई सम्झाई बुझाई रोकिएको वडा न.१२ का वडा अध्यक्ष टिकाराम ओलीले बताए । उक्त कार्यमा बाल संरक्षण समितीका संयोजक कृष्ण प्रसाद जैसी र सचिब प्रशान्त केसीको पनि उपस्थिती रहेको थियो । वडा अध्यक्ष ओलीले वडाका जुनसुकै ठाँउमा कानुन बिपरित यस्तो कार्य कसैले गर्ने या गराउन नहुने बताए ।
फेसबुक प्रतिक्रियाहरु