सत्यबहादुर बटाला
रुकुम ६, भदौं : रुकुमको आठबिसकोट नगरपालिका बजार क्षेत्रमा फोहर संकलनका लागि बजारका बिभिन्न चोक तथा बजारका बिभिन्न ठाँउका राखेका डस्बिनहरु अहिले बजारमा हराउन थालेका छन । आठबिसकोट नगरपालिका र जनपहुच युवा क्लबको संयुतm आयोजनामा बजारका बिभिन्न ठाँउमा डस्बिनहरु राखिएको थियो ।
बजारलाई सफा स्वच्छ तथा सम्मृद्ध सहर बनाउने उदेश्यले डस्बिन बजारमा राखिएको थियो । तर अहिले बजारमा राखेका अधिकांस डस्बिनहरु स्थानीयले ब्यतिmगत प्रयोजनाका लागि आफ्नो घरआसपासमा लुकाएका राख्दा यस्तो समस्या देखिएको हो । सार्बजनिक फोहर व्यवस्थापनका लागि राखिएका उक्त डस्बिनहरु अहिले ब्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्ने बढेको हो । जसका कारण बजार आसपासमा सार्बजनिक रुपमा राखिने फोहर राख्ने ठाउँमा नहुँदा फोहर बढेको छ ।
जन पहुच युवा क्लबका अध्यक्ष तेज बहादुर मल्लले यसरी सार्बजनिक प्रयोगका लागि राखिएका डस्बिनहरु ब्यक्तिगत घरमा लिएर राख्नेलाई छानबिन गरेर कार्बाही गरिने बताए । ‘हिडडुलका क्रमम मैले पनि कतै कतै दुरुपयोग भएको पाएको छु’ उनले भने, ‘हामी छिटै बजार र घरमा गएर अनुगमन गर्छौ र यदी त्यस्तो भेटिएमा कार्बाही गछौ ।’
फेसबुक प्रतिक्रियाहरु