तिलकराज रसाईली
रुकुम पूर्वमा खुकुरी प्रहारबाट एक युवा गम्भीर घाईते भएका छन । घाईत हुनेमा रुकुम पूर्व सिस्ने गाउँपालिका २, बल्दजुरेका १९ बर्षिय प्रेम प्रकास परियार रहेका छन । टाउकोमा गहिरो चोट लागेका परियारलाई स्थानीय मेडिकलमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि जिल्ला अस्पताल रुकुम पश्चिम सल्लेमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । प्रहरीका अनुसार खुकुरी प्रहारमा संलग्न सिस्ने गाउँपालिका २, नायगाडका ओपेन्द्र पुन र पुथा उत्तरगंगा गाउँपालिका ८, नाकाका विकास पुन फरार रहेका छन । नायगाडको एक होटलमा नास्ता खाईरहेको बेला एक्कासी परिवारमाथी खुकुरी प्रहार भएको जानकारी आएको र घटनाको बारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
फेसबुक प्रतिक्रियाहरु
