गायत्री शर्मा
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १३ घुघुतीका युवाहरुले द्धन्द्धकालमा क्षति भएको मन्दिर पुनःनिर्माणमा जुटको छन । स्थानीय युवाहरुको सक्रियतामा कालिका देबि मन्दिरको पुनःनिर्माणको लागि शनिबार देखि काम थालिएको छ । जेष्ठ नागरिक पर्से खड्काले मन्दिर पुनःनिर्माणको सिलान्यास गरे । मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष टोपेन्द्र हमालका अनुसार उक्त कालिका मन्दिर द्धन्द्धकालमा क्षति भएको थियो । मन्दिर निर्माण कार्य आगामी दशै अगाबै सकिने र हरेक बर्ष लाग्दै आएको मेलालाई भब्य रुपमा संचालन गरिने योजना उनको भनाई छ । मन्दिर पूर्व पुजारी भुबनेश्वर उपाध्यायले मन्दिरको पुनर्निर्माणले आफु हर्षित भएको बताए ।
फेसबुक प्रतिक्रियाहरु