सिमाका समाजसेबी पुनको निधन

Byआहा सञ्चार

२०७५ भाद्र ५, मंगलवार ११:०८

आहा सञ्चार संबाददाता
रुकुम पूर्व भूमे गाउपालिका सिमा गाउँका एक समाजसेबीको निधन भएको छ । भुमे गाउँपालिका ३ सिमाका ७७ बर्षिय भिम बहादुर पुनको दम रोगको कारणले सोमबार राती निधन भएको हो । पुन शुरुमा शिक्षक र त्यसपछि पञ्चायत कालको प्रधान पञ्चमा निर्बाचित भएको बेला गाउँका लागि बिभिन्न सामाजिक काम गरेका थिए । उनी प्रधानपञ्च भैइसकेपछी काँडा गाबिस बाट मोराबाङ्ग गाबिस लाई छुटाएर ४ वटा गाउँहरु क्याङ्सी, झुम्लाबाङ्ग, सिमा र मोराबाङ्ग गाउँहरुको एउटा गा.बि.स बनाएका थिए ।

शिक्षक भएको बेला उनले गाउँका बालबालिकाहरुलाई जम्मा गरेर गाउँ नजिकैको घट्टे खोलाको गोठमा पढाउने गरेका थिए । त्यसपछि उनकै सक्रियतामा सिमा गाउँमा शुरुमा कक्षा ३ सम्मको र पछि कक्षा ५ सम्मको बिद्यालय स्थापना गरेका थिए । उनले शुरु गरेको उक्त बिद्यालयलाई थप अगाडि बढाउने काम उनीपछिका गाउँ पञ्चायत प्रधान पञ्च जमलाल पुनले गरेका थिए । उनले ५ कक्षा सम्म रहेको उक्त बिद्यालयलाई १० कक्षा सम्म स्तरबृद्धिमा महत्वपुर्ण भूमिका खेलेका थिए । हाल उक्त बिद्यालय सहिद शुक्र उच्च माध्यमिक बिद्यालयको नामबाट संचालनमा छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto

तिहारको शुभकामना । Happy Tihar


This will close in 20 seconds