जयमान बुढामगर
भूमे
रुकुम पूर्व भूमे गाउँपालिकाका बिद्यालयहरुमा प्रारम्भिक तह पढाई कार्यक्रम सम्बन्धित एक दिने अभिबाभकहरुसंग अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । गाउँपालिकामाका बिभिन्न बिद्यालयहरुमा चार जना शिकाइ उत्पेरकद्वारा आधारभूत बिद्यलयहरुमा अभिभावकहरु संग अन्तरक्रिया कार्यक्रम सञ्चालन भैरहेको मिक नेपालकी सिकाइ उत्पेरक बेदना बुढा मगरले बताईन ।
अन्तरक्रिया कार्यक्रममा बिद्यमलय गतिविधीमा अभिबाभकको संलग्नता, शैक्षिक सामाग्रीको प्रयोग, बिद्यार्थीहरुको पढाई, सिकाई, शिक्षक, बिद्यार्थी र अभिबाभकहरुको जिम्मेवारी र कार्यन्वयन बिषयमा अन्तरक्रिया केन्द्रित रहेको छ । सिकाइ सामाग्री लगाएत कक्षागत शिकाइको अभिलेख तालिका पनि मिक नेपालले नै बिद्यालयहरुमा उपलब्ध पहिले नै शिक्षकहरुलाइ तालिम दिई बितरण गरि सकेको छ ।
फेसबुक प्रतिक्रियाहरु