मोहन वि.सी
आठबिसकोट
रुकुम जिल्लाको पश्चिमी भागमा रहेको आठबिसकोट नगरपालिका राडी बजारमा तरकारीको अभाब देखिन थालेको छ । स्थानीयतहहरु स्थापना भएसगै नगरपालिका क्षेत्रमा तरकारीको माग बढेपनि गाँउघरमा धेरै जसो व्यवसायिक रुपमा तरकारी खेती नहुँदा यस्तो समस्या देखिएको हो । गाउँहरुमा कृषकहरुले सानोतिनो मात्र तरकारी खेती गर्ने गरेका कारण बजारमा नआउँदै गाउँघरमा नै सकिने गरेको छ । छिमेकी जिल्ला जाजरकोट र डोल्पाको प्रमुख ब्यापारीक केन्द्र भनेर यस राडी बजार चिनिने गर्दछ । स्थानीय कृषकहरुको उत्पादन नहुँदा भारतको तरकारी समेत बजारमा आउने गरेको छ । भारतको रुपैडिहा बजारको तरकारी नेपालगंज बजारमा आउने र त्यही तरकारी नेपालगञ्जबाट राडि बजारमा आउने गरेको छ । बर्षातका कारण यातायातका साधनहरु नियमित नआउँदा तरकारी समेत नियमित आउन नसक्दा बजारमा अभाब देखिएको हो । यता बजारमा भने तरकारीको मुल्य निकै आकासिएको स्थानीय भरत बटाला बताउछन । उनका अनुसार बजारमा अहिले आलु प्रति किलो ५०, प्याज प्रति किलो ७०, टमाटर प्रति किलो १ सय २०, भान्टा प्रति किलो १सय र हरियो खुर्सानी प्रति किलो १ सय २० रुपैयामा बिक्रि बितरण हुदै आएको छ ।
फेसबुक प्रतिक्रियाहरु