आहा संचार संबाददाता
गैरसरकारी संस्था महासंघ नेपाल रुकुम शाखाको बैठक शुक्रबार मुसिकोट खलंगामा सम्पन्न भएको छ । पछिल्लो अधिवेशनपछिको समीक्षा र समसामयिक विषयमा छलफल गर्नका लागि बैठक बसेको हो । बैठकले भाद्र ३ गते राष्ट्रिय सूचना दिवसको अवसरमा जिल्ला स्थित सबै गैससहरुले सूचनाको हकसम्बन्धी ऐनको व्यवस्था बमोजिमको सूचना सार्वजनिक तथा अद्यावधिक गर्ने निर्णय गरेको छ ।
त्यस्तै जिल्ला समन्वय समितिसँगको सल्लाहमा जनप्रतिनिधि र जिल्लास्थित गैरसरकारी संस्थाहरुको बीचमा अन्तक्र्रिया कार्यक्रम गर्ने र त्यसको तयारीका लागि गैसस महासंघ रुकुमका उपाध्यक्ष शम्भु विसी, सदस्य टेकबहादुर विके र हरप्लेस रुकुमका जिल्ला कार्यक्रम संयोजक सुरेन्द्र खत्रीलाई जिम्मेवारी दिने निर्णय समेत गरिएको शाखा अध्यक्ष नारायणकुमार शाहले जानकारी दिए । उनका अनुसार गैसस महासंघमा आवद्ध हुन बाँकी र नवीरकण गर्न छुटेका संघ संस्थाहरुलाई दर्ता तथा नवीकरणका लागि आह्वान गर्ने निर्णय समेत गरिएको छ । हरप्लेस–नेपाल रुकुमको कार्यालयमा बसेको उक्त बैठकको अध्यक्षता शाखा अध्यक्ष नारायणकुमार शाह र सञ्चालन सचिव शारदा डाँगीले गरेकी थिईन ।
![Siddhartha Auto](https://aahasanchar.com/wp-content/uploads/2024/11/aaha-dijital-final.jpg)