- हरि जिज्ञाशु
छोराछोरीको भविश्य निमार्णको जिम्मेवारी अभिभावकमा हुन्छ । मान्छे संसारमा जन्मनुमात्र ठूलो कुरा होइन । मान्छेले संसारमा जन्म लिएर स्वाभिमानसाथ जीवन विताउँनु ठूलो कुरा हो । प्रत्येक मानवको जन्म एक विवाहित महिला र पूरुषको बीचको शारीरिक सम्बन्धबाट हुन्छ । त्यसैले उनीहरु दुबैको सम्बन्धबाट जन्म भएको बालकको भविश्य कस्तो बनाइदिने भन्ने कुरा पनि दुबै जनाको हातमा रहेको हुन्छ । कतिपय अभिभाकले आफ्नो छोरा वा छोरीलाई भविश्यमा राम्रो स्कुलमा पढाउँने र शिक्षित बनाउँने सपना देखेका हुन्छन् ।
कतिपय अभिभावकले आफ्ना छोराछोरीहरुले भविश्यमा एउटा ठूलो सरकारी पोष्टमा जागिर खाओस्, गाउँसमाजका अरु मानिसहरु भन्दा केही जान्ने मान्ने बनोस् र समाजको सेवा गरोस् भन्ने हुन्छ । तर विडम्बना सबै अभिभाकको सपना पूरा हुँदैनन् । पूरा नहुनुको एकमात्र कारण हो अभिभाकले आफ्नो बालबालिकाले गरेका साना साना क्रियाकलापमा ध्यान नदिनु । हामीले धेरै सुनेका र पढेका छौं बालबालिकाहरुको लागि पहिलो पाठाशाला आफ्नो घर परिवार हो । यदि अभिभावकले आफ्नो छोरा छोरीलाई आफूले देखेको सपना पूरा गर्ने अभियानमा पठाउँने हो भने त्यतिकै मेहनत गरेर छोराछोरीलाई वास्था गर्नुपर्छ । हामीले गाउँसमाजमा देखेकाछौं कक्षा ६ ÷७ मा पढ्ने बालबालिकाहरु पढाइ छोडेर घरबाट निस्केर छिमेकी देश भारतमा गएर मज्दुरी गरीरहेका । कतिपय हाम्रै काठमाण्डौं राजधानीमा रहेका ठूलाठूला अति व्यस्थ होटेलहरुमा भाँडा मिचिरहेका । यदि आमा बुवाहरुले आफ्ना छोराछोरीहरुलाई सानैदेखि सकरात्मक विचार, पढ्नुपर्छ भन्ने चेतना, केही बन्नु पर्छ र केही गर्नु पर्छ भन्ने शन्देश हरेक पल उनीहरुलाई दिलाइदिएको भए हाम्रा साना नानी बाबुहरुको यस्तो गति हामीले देख्नु पर्ने अवस्था थिएन ।
अहिले आमा बुवादेखि टाढा भएका र घर छोडेका बालबालिकाहरु निडर भएका छन्, उनीहरुमा त्रास भन्ने कुरा हराएको छ । एक्लोपन र निडरताले मान्छेलाई हत्या हिंसा,चोरी, डकैती लगायतका अप्राधिक कामहरु गर्नलाई समेत हिम्मत दिलाउँछ । आज देशमा जति पनि अप्राधिक क्रियाकलाप गर्ने ग्रिहहरु छन् यी सबै अभिभाकको कम्जोरीको कारण उत्पादन भएका हुन भन्दा फरक नपर्ला । आफूले देखेका सपनाहरु पूरा गर्नको लागि एउटा असल अभिभाकले छोराछोरीको ठूलो ख्याल गर्नु आवश्यक छ । गाउँघरको भन्दा शहरबजारमा आफ्नो छोराछोरीलाई राम्रो बोर्डीक स्कुलमा पढाउँने र उनीहरुको शिक्षा क्षेत्रको लागि कुनै पनि कुसूर बाँकी नराख्ने अभिभाकहरु प्नि छन् । तर पनि उनीहरुका छोराछोरी पढ्दा पढ्दै लागुपदार्थ सेवन गर्ने, ग्याङमा हिड्ने जस्ता कुलतमा फसेको देखिन्छ । बालबालिकाहरुको असल भविश्य निमार्ण गर्नको लागि शिक्षा क्षेत्रमा मात्रै लगानी गरेर हुँदैन । एउटा अभिभावकले आफ्नो छोरा छोरीले कस्तो पहिरन गरिरहेका छन्, कस्तो साथीहरुसँग संगत गरिरहका छन्, कस्तो भाषाहरु प्रयोग गर्दैछन्, आफू भन्दा ठूला र सानाहरुप्रतिको व्यवाहार कस्तो गर्दैछन्, पढाइमा कस्तो ध्यान दिँदैछन् । खर्च कति मात्रामा गर्छन लगायतका साना साना कुरामा ध्यान पु¥याउँनुपर्ने हुन्छ । ग्रामीण क्षेत्रमा अभिभावकको गरिबी र अशिक्षाको कारण बाध्यताले बालबालिकाहरुले आफ्नो पढाइलाई थाँती राखेर घर छोडेर सानो उमेरमै आफ्नो भविश्यको ख्याल नगरी कमाउन जाने दर्दनाक अवस्था छ । यही कारणले गर्दा नै ग्रामीण भेगमा अधिकांस बालबालिकाहरुको बालविवाह भएको अवस्था छ ।
अपरिपक्व उमेरमा विवाह बन्धनमा बाँधिएको कारण उनीहरुको सम्बन्ध दिगो रहेको अवस्था देखिदैन । विवाह पछि सम्बन्ध टुट्नुले उनीहरुमा मानसिक तनाव हुँदै डिप्रेशन समेत हुने सम्भावना बढि हुन्छ । यो हुनुको कारण पनि असल अभिभाकको छोराछोरीप्रति असल निग्रानीको कमी भएको ठहरिन्छ । हाम्रा बालबालिकाहरुको जीवन तनामग्रहत हुनु भनेको देशलाई घाटा हुनु हो । अहिले प्रहरी चौकीमा धेरै जसो चोरी डकैतिका उजुरीहरु कलिला बालबालिकाहरु संगलग्न भएका हुन्छन् । सहर बजारका गल्लीहरुमा पाँच÷दश रुपैँया माग्दै हिड्ने कलिला बालबालिकाहरुले आफ्नो नामको पछाडि खाते नामको पहिचान बनाउँने बाध्य भएको अवस्था छ । कलिला बालबालिकाहरु यस्तो अवस्थामा पुग्नुको कारण पनि असल अभिभावको अभावको कारण नै हो । अब अभिभाकले आफूले छोराछोरीबाट आफूले देखेका सुन्दर सपनाहरु सुन्दर तरिकाले सफल पार्नको लागि उनीहरुप्रतिको निग्राहनी कडा हुनुपर्छ । उनीहरुले कस्तो भाषा बोलीरहेका छन्, उनीहरुले कुन कुराप्रति बढि रुचि राखीरहेका छन्,कस्ता साथीहरुसँग संगत गरिरहेका छन्, उनीहरुलाई कुन कुराहरुको आवश्यक छ लगायतका बालबालिकाहरुले सुन्दर भविश्य निमार्ण गर्नका बाल्यवस्थामा गरिरहेका क्रियाकलापहरुमा अभिभावकले चरम ध्यान पु¥यायो भने मात्रै अभिभाकले आफ्ना छोराछोरीबाट देखका सुन्दर सपनाहरु सुन्दर तरिकाले पुरा हुनसक्छन् । लेखक जिज्ञासु रुकुमका लेखक तथा पत्रकार हुन¬)
