मोहन वि.सी
आठविसकोट
रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा न . ११ चिसापानीका युवाहरुले युवा जागरण कृर्षक सहकारी संघ गठन गरेर विभिन्न व्यवसाय सुरु गरेका छन । युवाहरुले आफनै लगानीबाट जग्गा भाडामा लिएर व्यवसाय सुरु गरेका छन । उनिहरुले १८९० बर्ग मिटर बराबरको जग्गा भाडामा लिएर बाख्रापालन, कुखुरा पालन, मौरीपालन र तरकारी खेती जस्ता ब्यवसायको सुरुवाती गरेको सहकारी अध्यक्ष गणेश नेपालीले बताए । सहकारीमा दिपक सार्की, रोशनी परियार र मदन कुमार कामी लगायतका युवाहरुको सहभागीता रहेका छन । उनीहरुले दैनिक रुपमा पालै पालो गरेर सहकारीमा काम गर्ने र प्रत्यक दिनको दैनिक प्रतिबेदन तयार गर्ने गरेका छन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto