आठबिसकोट डुप्काका ३ घर बाढीले बगायो

Byआहा सञ्चार

२०७५ श्रावण ३१, बिहीबार १४:३२ गते

  • सत्यबहादुर बटाला

रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको डुप्कामा बाढीले ३ ओटा घर बगाएको छ । गएराती परेको अबिरल वर्षाका कारण वडानं. १० घारीखोला बाट राडिबजार हँुदै बग्ने गीजागार खोलाको बाढिका कारण खोला किनारमा रहेका घर र घट्ट बगाएको हो । नदिको किनारमै घर भएका स्थानीय खडक बहादुर शाही र ठक बहादुर शाहीको घर खोलाले बगाएको हो ।
बिगतका बर्षरुमा खोला त्यहाँ सम्म नआउने गरेका कारण त्यस क्षेत्रमै घर बनाएर बसेको भएपनि यसबर्ष बाढीले बगाएको ठक बहादुर शाहिले बताए । उनका अनुसार बाढी आउने पहिले नै अनुमान गरेर घरमा रहेको अन्नपात, भाँडाकुडाँ र कपडाहरु अन्यत्र ओसार्दा क्षति भने हुन समेन । बढीले खोलाको छेउमा घर सगै धान खेती समेत बनाएको छ ।
‘घर मात्र होईन गएको असारमा धान रोपेका खेत पनि बगर सँगै मिसिएका छन, अझ बाँकी रहेका खेतहरु पनि खोलाले बगाउँछ की भनि चिन्तामा छौं’ पीडित ठकबहादुरले भने, ‘स्थानीय सरकारले केही राहत उपलब्ध गराउँछ की भन्ने आशामा बसेका छौं ।’ गाउँ गाउँमा सडक बाटो खन्नाले पनि बाढीको समस्या बढेको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...