- जयमान बुढामगर
रुकुम पूर्व भूमे गाउँपालिका वडा नम्बर ३ मा रहेको हरियाली जन युबा क्लब सिमाले हरियाली पर्बको अबसरमा आयोजना गरेको विविध खेलकुद प्रतियोगिता सम्पन भएको छ । साउन २१ गते देखि सुरु गरिएकोमा २९ गते मंगलबार क्लबको बार्षिकत्सव अवसरमा समापन्न गरिएको हो । प्रमुख अतिथि भूमेगाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठको आतिथ्यता र क्लबका अध्यक्ष कर्मसिंह पुनको अध्यक्षतामा समापन गरिएको हो ।
हरियाली मेला जाऔँ, भाषा संस्कृती र ईतिहास बचाऔँ, १३ औँ बार्षिक उत्सव मनाऔँ, राष्ट्रको प्रतिष्ठा उठाऔँ भन्ने मुल नाराका साथ खेलकुद संञ्चालन गरिएको थियो । जसमा गाउँस्तरीय पुरुष तथा महिला भलिबल र खुल्ला नृत्य प्रतियोगिता संचालन गरिएकोमा पुरुष भलिबल तर्फ आयोजक सिमा ए प्रथम स्थान, रुकुम पश्चिम मुसिकोट नगरपालिका सोलाबाङ ए दोस्रो स्थान र आयोजक सिमा बि तेस्रो बएका छन् । जसमा पुरस्कार क्रमश ५० हजार, २५ हजार र १५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । महिला भलिबल तर्फ पुथा उत्तरगंगा गाउँपालिकाका तकसेराले प्रथम स्थान,र ोल्पा थबाङ गाउँपालिकाका थवांगले दोस्रो र भूमेगाउँपालीका काँडा ए तेस्रो स्थान हासिल गरेका छन् । जसको पुरस्कार क्रमस २५हजार, १५ हजार र १० हजार सहित कप मेडल प्रमाणपत्र प्रदान गरिएको थियो । खुल्ला नृत्य तर्फ रोल्पा थबाङकी नियुक्ती रोका प्रथम, भूमेगाउँपालिका ३ कि रचना गुरुङ दोस्रो र भूमेगापालिका ३ का आयुषा बुढा र सोही वडाकी पुजन श्रेष्ठले तेस्रो स्थान हासिल गरेका हुन् । जसमा पुरुष्कार ५ हजार, ३ हजार र १/१ हजार सहित प्रमाणपत्र र मेडल रहेको थियो ।
भूमेगाउँपालिका ३ सहिद शुक्र माध्यामिक बिद्यालय सिमाका शिक्षकहरुले आफ्नो ब्यक्तिगतले महिला भलिबल तर्फ तेस्रो स्थानको लागि नगत १० हजार क्लबलाइ सहयोग गरेका छन् । प्रधानध्यापक झुल प्रसाद गुरुङले कार्यक्रमा बोल्नु हुँदै महिलालाइ पनि खेलकुदमा सक्रिय सहभागी भएर महिलाको क्षमता बृद्धि हुने हौसला दिनको लागि प्रायोजन गरेको बताए । त्यस्तै मंगलबार सहित शुक्र माध्यामिक बिद्यालयका बिद्यार्थीहरुले बाल बिबाह न्युनिकरण गर्ने उद्देश्यले सडक नाटक, हरियाली जन युबा क्लबको प्राङ्गनमा प्रस्तुत गरेका थिए । नाटकमा बिद्यालयका परिवार र भूमेगाउँपालिकाका स्रोत ब्यक्ती नरेन्द्र दाहालको पनि उपस्थिती रहेको थियो । समापन्न कार्यक्रमको सञ्चालन खेलकुद संयोजक चन्द्र रसाइलीले गरेका थिए ।