डिल्लीबहादुर खत्री
चौरजहारी
रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा न. १० को तल्लो ढुङ्गेधारा भलाक्चा खानेपानी आयोजनाको काम सुरु गरिएको छ । फोनबोर्ड नेपालको २४ लाख, चौरजहारी नगरपालिकाको ४ लाख ५० हजार र छिमेकी संगठन नेपालको प्राविधिक सहयोगमा भलाक्चामा खानेपानीको पहुँच पुर्याउने उदेश्यले आयोजनाको काम सुरु गरिएको हो ।
उक्त आयोजनाबाट ६५ घरधुरी लाभान्वित भई एक घर एक धारा हुने उपभोक्ता समितिका अध्यक्ष शक्ति केसीले बताए । उनका अनुसार यो योजनामा २५ प्रतिशत उपभोक्ताको पनि श्रमदान रहनेछ भने गाउँ देखि ६ किलोमिटर टाढा पर्ने तल्लोढुङ्गेधारा र पतालखोला मुहानबाट पानी ल्याउन लागिएको छ । गाउँमा पानी आउने भएपछि स्थानीयहरु भने खुसी भएका छन् । स्थानीय उपभोक्ता मनमता केसीले भनिन् ‘अहिले डोकोमा गाग्रो बोक्नुपर्ने समस्या छ भने यो योजना समाधान भएपछि त्यो समस्या सदाका लागि हराउनेछ ।’