सत्य बहादुर बटाला
रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको राडिमा १८ औँ अन्तराष्ट्रिय युवा दिवस मनाइएको छ । जन पहँच युवा क्लबको आयोजनामा आठविसकोट उद्योग वानिज्य संघ र आठविसकोट नगरपालिकाको आर्थिक सहयोगमा उक्त कार्यक्रम मनाइएको हो ।
दिवसको नारा, युवाको स्थान सुनिश्चित गरौ भन्ने रहेको छ । दिवसको अबसरमा आयोजना गरिएको र्यालीमा युवा विद्यार्थी, खेलाडी, सुरक्षाकर्मी र संचारकर्मी लगायतको उपस्थिती रहेको थियो । नेत्र चोक बाट सुरु भएको र्याली बाल कल्यान माध्यामिक बिद्यालय, पुलचोक, तल्लो बजार, राडी बजार हुदै पुन.नेत्र चोकमा आएर कोण सभामा परिणत भएको थियो ।

कोण सभामा बोल्दै आठबिसकोट नगरपालीकाका नि.प्रमुख प्रसासकिय अधिकृत राम बहादुर केसीले आठविसकोट नगरपालिकामा भएका बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन नगरपालिका लागी परेको र युवाहरुको जोस जाँगरबाट नै यस नगरपालिकालाई भने जस्तो सभ्य नगरपालिका बन्ने बताए । आठविसकोट उद्योेग वाणिज्य संघका अध्यक्ष दिनेश चन्दले युवाहरुले चाहे भने र सपना देखे भने, त्यो सपना पुरा गर्ने प्रयत्न गरे भने देश विकास मात्र हैन विश्वलाई बदल्न सक्ने बताए । त्यस्तै आठविसकोट नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष तारक बहादर शाहीले युवाले आफ्नो स्थान आफै शुनिश्चित गर्ने र आफ्नो परिवार गाउँ समाज सबैलाई युवाले नै सभ्य बनाउन सक्ने भएकाले युवा हरेक कुरामा अघि बढ्नु पर्ने बताए । कार्यक्रमको सञ्चालन क्लबका अध्यक्ष तेज बहादुर मल्लले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto