आहा टक
नाम : अमित परियार
ठेगाना : मुसिकोट नगरपालिका ११, हाल मुनपा ५ सेरीगाउं

आज भोली कता व्यस्त हुनुहुन्छ ?
म आफ्नै तिजको गितसंगितमा व्यस्तछु ।

कलाकारीता क्षेत्रमा प्रवेश गरी सकेपछि हाल सम्म कति ओट एल्बमहरु निकाल्नु भो ?
म औपचारीक रुपमा २०६६ सालदेखी निरन्तर रुपमा गीत संगितमा लागेको छु । अहिले सम्म चार दर्जन गितहरु रेकर्ड गरी बजारमा ल्याएको छु । जस्मा मलाई अमित परियार भनेर चिनाउने सफल गित के थाहा छ र पुज्ने देउतालाई ? र जातीय छुवाछुतको बिरुद्धमा रेकट गीत सारांगीको धुनमा नत अछुत चुलाको ओदानमा नदेखिन्छ उनले लाको सुनमा भन्ने यी दुई वटा गीतले मलाई चिनाउन सफल भएको र आफै लाई पनी मनपर्ने यी गित हुन ।

कलाकारिता क्षेत्रको अनुभबलाई कसरी संमिक्षा गर्नु हुन्छ ?
यो गीत संगितको क्षेत्रबाट नियालेर हेर्दा यी महासागर हुन । यो महासागरमा कति तैरिन सक्छन र कती डुब्न सक्छन कलाकारिताको त्यो बेलामात्र सफल हुनसक्छ । जती बेला अधिकतम श्रोताहरुले उसको कलाकारितालाई रुचाई दिन्छन न त मन पराइदिन्छन र कलकारिता भनेको कहिलै पूर्ण हदैन । जुन दिन देखी कलाकारितामा प्रवेश गरियो त्यो दिन देखी निरन्तर रुपमा संघर्ष गरी राख्नु पर्छ । कलाकारिता भनेको यस्तो चिज हो अरुको तृष्णा संगितहरु मेटाएर पनी भोक प्यास र अरुको खुसीमा आफु खुसी हुन सक्छन । जसले आफ्नो बारेमा कहिलै सोच्दैन्न ।

कलाकारिताको यात्रा संभब कसरी भयो ?
जहा ईच्छा त्यहा उपाए भने जस्तै ः हाम्रो नेपालीहरुले मौलिक लोककला संस्कृतिले भरी पुर्ण देश भएको हनाले मान्छे गर्भअव्थामा रहेदेखी नै न मरुन्जेल सम्म मौलिक गितसंगितमा रहेको हुन्छ । यस कुराले मलाई अलि बढी प्रभाबित पारेको हँुदा मेरो अन्य काम काजहरुलाई आफ्नै ढ्ङले व्यबस्थापन गदै म यस कलाकारिताको क्षेत्रमा लागे ।

यस क्षेत्रमा लाग्दा प्रेरणा र सहयोग कसको ?
सुरुमा त आमाबुवा बाट प्रभाबित भए । स्थानीय स्तरमा गाईने गीत संगीत बाटै म प्रभाबित भएको हुँ । सबैको सल्लाह अनुसार जय देवकोटा र मैले सुरुमा २०६६ सालमा मेरो आफ्नै पनले भन्ने एल्बम बजारमा ल्याएका थियौ । जसलाई नजिक बाट सहयोग गर्ने बिमल डागी, किरण बाबु पुन लगायतका साथीहरुबाट प्रेरणा पाएको हुँ ।

कलाकारिता क्षेत्रमा आम्दानीको श्रोत के छ, यसबाट जीवन निर्बाह गर्न सकिएला त ?
कलकारिता क्षेत्रलाई बिभिन्न तरीकाले बिभाजन गरेको पाईन्छ । कलकारिता क्षेत्रभनेको वास्तबमा बौद्धिक सम्पती हो । यसलाइ सहि रुपमा व्यवस्थापन र सदुपयोग गरेमा बाँच्ने आधार छ । र यसलाई सबैले आआफ्नो क्षेत्रबाट संरक्षण संर्बद्धनको खाँचो देख्छुु ।

रुकुमको कलाकारिताको विकास संख्यात्मक की गुणात्मक ?
पक्कै पनी कुनै पनी चिजको जन्म नै नभएर बिकासमा संख्यात्मक र गुणात्मक हुदैन । त्यसैले स्थानीय तहदेखी राष्ट्रिय तह सम्म तहलका मच्चाउन सफल रुकुमबाट श्रष्टा श्रजक कलाकारहरु जन्मेका छन यात रुकुमले जन्माएको छ ।

पछिल्लो समय समग्र कलाकारिता क्षेत्रमा बिकृति फैलिएको जस्तो लाग्दैन ?
कलकारिता भनेको गीत संगित र साहित्य समाजको ऐना हो । अब बिशेष गरेर लोक तथा दोहोरी गीतहरु जुन सुकै कालखण्डका इतिहास रुचाउन चाहान्छन् । जहा सम्म बिकृतिका कुरा छन । यसमा सचेत नागरिकको हैसियतले पत्रकार, शिक्षक, बौद्धिक स्तरका सचेत नागरिक र सबैको आआफ्नो जिम्मेवारी छ । केहि हद सम्म पश्चिमेली गीत संगीतहरुले प्रभाब पारेको देखिन्छ । तर हामीले आफ्नो लोक मौलिक कला सांस्कृतिकलाई भुल्नु हुदैन भन्ने मेरो मान्यता छ । तद अनुरुपका गीत संगितहरु मैले बजारमा पस्किरहेको छु ।

सिंगारु, झ्याउरे, टप्पा, रोईला, कौडा, सालैजु, लगायतका गितहरु मेरो प्राथामिकतामा पर्दछन् । हाम्रो आफ्नै माटो धरातल्लाई आफ्नै मौलिक कला सांस्कृतिलाई ध्यानमा राखेर मैले गीतहरु बजारमा ल्याएको छु । त्यसकारण रुकुमेली जनता पनि मेरो कला र प्रतिभा र मन पराई दिनुभएको छ । जसको जलन्त उदाहरण किन हुन्न मनको (सिंगारु गीत) गंगाजल साक्षी छ, सञ्चै छु भन्दिनु होला, आजै नाचम भेटभाको बेला लगायका सिंगारु गीतले चर्चा बटुलेका छन ।

अब बाँकी जीबन कसरी बिताउने सोचमा हुनुहुन्छ ?
मेरो नसा नसामा गीत संगितको रगत बगिराखेको छ । यस क्षेत्रबाट म अलग हुन सक्दैन । त्यसैले आजिबन कलाकारिता र पर्यटनको क्षेत्रमा योगदान पु¥याउने काम गर्ने योजना छ । गीत संगित तथा कलाकारितामा पनी समाजका जनताका केहि अभिभारा पुरा गर्ने हुनु पर्छ भन्ने मलाई लाग्छ । तद अनुरुप अबको केही दिनमा खानलाउन नपाएका अभाबमा छटपटिएका गरिब झुपडिका जनताका आवाज बोकेका गीतसंगित रेकड गर्ने जर्मोको मा छु ।
जस अनरुप झुपडीमा अझै चुलो बलेन भन्ने गित ल्याउदै छु । सम्पुर्ण गीतसंगीत प्रेम श्रोताहरु त्था दर्शकहरुले माया गरेर सल्लाह सुझाब दिनुहुने छ भन्ने आशामा छु । बिशेष गरेर यो मेरो सांगितीक यात्राको बिषय वस्तुहरु पत्रकारिताको माध्यमबाट श्रोता, जनता माझ पु्याउन सहयोग गर्ने आहा सञ्चार परिवारलाई बिशेष धन्यबाद दिन चाहान्छु । सधै यहां हरुको साथ सहयोको अपेक्षा गर्दछु । प्रस्तुती : सुवास बटाला

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto