आठबिसकोट नगरपालिकाद्घारा बजार अनुगमन

Byआहा सञ्चार

२०७५ श्रावण २५, शुक्रबार १२:३८ गते

मोहन बिसी
पश्चिम रुकुमको आठबिसकोट नगरपालिकाले नगरपालिका वडा न. ९ मा रहेको राडी बजारका बिभिन्न किराना पसल तथा होटलहरुको अनुगमन गरेको छ । टोलिले बजारका ५० बढी पसलहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा दुई ओटा मदिरा पसल अनुमति पत्र बिनै बिक्रिबितरण गरिरहेको पाईएको छ । अनुमति पत्र बिनै मदिरा बिक्रि बितरण गर्ने पसलबाट मदिरा जफत गरिएको छ । त्यस्तै बजारका अन्य बिभिन्न ठाउँबाट म्याद नाघेका पिय पदार्थ र चाउमिन र मसला लगायतका सामाग्री अनुगमन टोलिले बरामत गरि जलाएर नस्ट गरिएको आठबिसकोट नगरपालिकाका नगर उपप्रमुख गीता नेपालीले जानकारी दिईन । उनका अनुसार बजार अनुगमनका क्रममा हाल देखिएको गल्ती कमजोरी पुनः अर्को पटक देखिएमा कडा कारबाही गरिने छ । मुल्य सुची, साइन बोर्ड, ब्यवसाय दर्ता, नबिकरण र नापतौलको प्रमाण लेवल,स्थायी लेखा नम्बर र भ्याट मा दर्ता गरेर मात्र व्यवसाय गर्न नगरपालिकाले अनरोध गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto