सर्जना कार्की
रुकुम पुर्व
मानव पहिचान सहितको संघियताको लागि संविधान संसोधन हाम्रो साझा अभियान भन्ने मुल नाराको साथ २४ औ विश्व आदिबासी दिवसको अवसरमा रुकुम पुर्वमा अन्तरकृयात्मक कार्यक्रम सम्पन्न भएको छ । नेपाल आदिबासी जनजाती महासँघ जिल्ला समन्वय परिषद रुकुम पुर्वको आयोजनामा भएको कार्यक्रम सदरमुकाम रुकुमकोटको सिस्ने गाउपालिका वडा नम्बर ६ को महिला भवनमा सम्पन्न भएको हो । नेपाल आदिबासी जनजाती महासँघ जिल्ला समन्वय परिषद रुकुम पुर्वका संयोजक जानू छ्न्त्यालको अध्यक्षतामा भएको अन्तक्रिया कार्यक्रममा नेकपाका नेता तथा आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद रुकुम पुर्वका सल्लाहकार मेघ बहादुर श्रेष्ठको प्रमुख उपस्थिति रहेको थियो ।
यसैगरी कार्यक्रममा नेपाल छन्त्याल संघका केन्द्रिय सल्लाहकार दिपेन्द्र कुमार छन्त्याल, मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल पुर्वी रुकुमका संयोजक चन्द्र राज झाक्री मगर, नेकपा नेता टोप बहादुर वली, जगत घर्ती मगर,रुकुमकोट उद्योग बाणिज्य सघंका अध्यक्ष यज्ञ प्रकाश मल्ल, भुमे गाउपालिका वडा नम्बर ६ का अध्यक्ष देव बहादुर बुढा लगायत रुकुम पुर्वका सम्पुर्ण आदिबासी जनजातिको उपस्तिथि रहेको थियो । कार्यक्रमका सहभागीहरुले आदिबासी जनजातिलाई दोस्रो दर्जाको रुपमा पहिचान गराईदिएको बताएका छन । कार्यक्रममा बोल्दै सहभागी सन्देश बुढा मगरले भने, ‘आदिबासी जनजातिलाई दबाउन पाईदैन, यदि त्यसो गरिएमा आवाजको विरुद्ध आगो निकाल्ने छौ ।’ नेपाल मगर महासँघ पुर्वी रुकुमका सदस्य नन्दलाल घर्ती मगरको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन नेपाल आदिबासी जनजाती महासँघ जिल्ला समन्वय परिषद रुकुम पुर्वकी कोषाध्यक्ष सविना बुढा मगरले गरेकी थिईन ।