आहा टक

नाम : रोमहर्ष गौतम
प्रबन्धक : जय खैराबाङ्खी काष्ठ उद्योग मुसिकोट नगरपालीका १ खलंगा रुकुम पश्चिम

आज भोली कता व्यस्त हुनुहुन्छ ?
आजभोली आफ्नै व्यवसायमा व्यस्त छु । असार मसान्त आसपास भनेको व्यापारीहरुको वर्ष भरीको कारोवार गरेको नाफा र घाटा वा आम्दानी र नोक्सान के कति भो भनेर हिसाब किताब गर्ने समय भएकाले अहिले सम्म एक बर्षको आयव्यय हिसाब गर्नमा व्यस्त छु ।
यसका अलवा व्यबसायलाई अझै अगाडी बढाउनका लागी उद्योग वजारिकरण पनी गरी रहेको छु । ग्राहकको माग वमोजिम सामान तयार पार्ने गरेको छु ।

व्यवसायिक रुपमा फर्निचर उद्योग सञ्चालन भएको कति भो ?
२०६९ साल देखि सुरु गरेको हो । अहिले सम्म झण्डै छ वर्ष पुरा भयो ।

व्यवसाय गर्नु भन्दा अगाडि के गर्नु हुन्थ्यो ?
व्ययसाय गर्नु भन्दा अगाडी समाज सेवामा संलग्न थिए ।

समाज सेवा गरिरहदा किन व्यवसायमा लाग्नु भएको हो ?
समाज सेवामा लागी रहँदा धेरै आरोह अवरोहको सामना गर्नु प्यो र द्धन्दको चपेटामा पारियो । बिहे पछि के गर्ने गाउघरमा बस्ने अबस्था भएन घरपरिवार सबै छाड्नु प्यो । समाजमा बसेर काम गर्ने अबस्था रहेन । सबै कुरा बाट बञ्चित भैयो ।
लामो समय पछि अब केहि गरु भन्ने सोच आयो र आफुलाई अलि ज्ञान भएको काठको थियो । त्यसैले यहि व्यवसाय गरौ कि भनी परिवार संग सल्लाह माग्दा सबैको सल्लाह अनुसार यही व्यवसायमा लागेको हु ।

राजनीतिक कस्तो खेल हो ?
राज्यको सर्बोच्चो नीती भनेको राजनीती हो । यसले राज्यलाई कसरी सञ्चालन गर्ने भनेर नीति निर्माण गर्छ । यो प्रजातान्त्रिक युगमा राजनितिको महत्व धेरै छ । तर यहा केहि व्यतmीको निजी स्वार्थका कारण समाजमा राजनीतिको नकारात्मक असर पारेको छ ।

राजनीतिक र व्यवसायमा के फरक पाउनु भएको छ ?
राजनीतीमा केहि गुमाइयो भने व्यवसायमा भने राम्रै आम्दानी भएको छ । साथी भाईहरु संग सम्र्पक गर्ने माध्यम पनी व्यवसाय भएको छ । राजनीती भन्दा व्यवसायबाट सन्तुस्टी नै छु ।

व्यवसायको विकल्पमा केहि अरु देख्नु हुन्छ ?
अहिले सम्म म लगाएत मेरो सबै परिवार यही व्यवसायमा सर्मपित छु । हामी सबै यही व्यवसायमा सुन्तुष्टी छौ । पहिला राजनीती गर्दा सबै घरव्यवहार तहसनहस भएको थियो । अहिले यहि व्यवसाय सुरु गरे देखी सबै कुरा मिल्दै आएको छ । म र मेरो परिवारलाई यो अवस्थामा यहि व्यवसायले नै आत्मर्निभर बनाएको छ । त्यसैले अरु बिकल्प मैले रोजेको छैन ।

२०५४ सालको र अहिलेको राजनीतिक घट्नाक्रममा के फरक पाउनुहुन्छ ?
पहिले र हालको राजनीतिक घटनाक्रममा केहि फरक त अवश्य छ । पहिला राजनीतिको महत्व थियो । राजनीती गर्ने व्यतिmको सम्मान हुन्थ्यो । सबैले भनेको मान्थ्ये । बजेट थोरै भए पनी काम धेरै हन्थ्यो । जनतालाई पनी केहि हुनेरहेछ भन्ने कुरामा आशाबादी रहने ठाउ थियो । तर अहिले आएर राजनीतिको कुनै महत्व छैन । जनतामा राजनीति प्रती वितृस्णा छाएको छ ।

राजनीतिक गर्ने व्यतिmको कुनै महत्व छैन । जनताको काम भन्दा आफै कमाउ धन्दामा लागेका छन । जनताको समस्या कसैलाई चासो छैन । जसलाइ जे मन लाग्यो त्यही गर्छन । फरक यहिनै छ । पहिले र अहिलेमा अहिले इमानदारिता छैन । डर छैन, बिश्वास छैन । जब सम्म इमान्दारिता र बिश्वास हदैन तब सम्म राजनीतिमा जनताको भरोसा हुदैन ।

अन्त्यमा केहि छ ?
पहिले त यहा सम्म आएर मेरा मनमा लागेका केहि कुरा जनता समक्ष पु्याई दिएकोमा आहा सञ्चार परिवार लाई धेरैधेरै धन्यबाद दिन चाहान्छु । देशमा शान्ति होस सबै नागरिकले सुरक्षित भएको महसुश गरुन ।
सरकार र सबै राजनीतीक दलहरुले मिलेर नागरिकका समस्या समाधान गरुन र अन्त्यमा सबैले जय खैराबाङ्खी फर्निचर उद्योग लाई सम्झी दिनुहोस, म तपाईहरुको सेवामा सदैब गर्न हाजिर छु, धन्यबाद ।।
प्रस्तुती :सुवास बटाला

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto