आहा टक
नाम : कमला बुढा पुन
संयोजक : मुसिकोट कार्यपालिका, आर्थिक विकास समिती
ठेगाना : मुसिकोट नपा ४, सोलाबाङ

तपाई दैनिक जनताको काममा व्यस्त हुनुहुन्छ, अहिले सम्म गरेको महत्वपूर्ण काम के छ ?
म व्यस्त रहिरहदाको बाबजुत पनी हामीले लगभग १ बर्ष भित्र नगरपालिकाबाट २०७४/०७५ मा ६० किलोमिटर सडकको नयां ट्याकको काम गरेका छौ । त्यस्तै २५० किलोमिटर भन्दा बढी बिभिन्न प्रकारका सडक निर्माण र स्तरबृद्धि सहितका काम गरेका छौं । खानेपनी, कृषि, स्वास्थ्य, शिक्षामा पनी बिबिध काम गरेका छौं । हामीले आगामी २०७५÷०७६ मा पहिलो प्राथामिकता शिक्षा, कृषि, स्वास्थ्यमा जोड दिएका छौ । जसमा हामिले असार १० गते तेस्रो नगरसभा बाट निति शिक्षा तर्फमा पास गरेका छौ । यस्तै बिभिन्न क्षेत्र जस्तै ६ वटा कार्यपालिकाका आर्थिक, पुर्वाधार, सामाजिक विकास समिती, वातावरण तथा बिपत् व्यवस्थापन समिती र बिधेक समिती यी बिषयमा जनतका कै रोहबरमा रहेर निती कार्यक्रम तय गरेका छौं ।

स्थानीय तहको सरकारले महिलाको अधिकार कसरी सम्बोधन गरेको छ ?
स्थानीय सरकारले महिलाको अधिकारलाई सुनिश्चित गरेकै छ । स्थानीय सरकारले महिलाको अधिकारलाई सुनिश्चित पार्न महिला अधिकार सम्बन्धी कार्यक्रम बनाएका छौं र यसमा बिभिन्न खालका चेतनामुलक कार्यक्रम तय गरेका छौ । आगामी योजनामा पीडित महिलाको लागी आफ्नो अधिकारलाई सदुपयोग हुने गरी योजना पास गरेका छौं ।

महिला अधिकार मागी रहेको अवस्थामा पछिल्लो समयमा महिलाबाट पुरुष हिंसा पनि सुरु भयो भनिन्छ नि ?
यथार्थ र वास्तबिक प्रश्न सोध्नु भयो । पछिल्लो समयमा महिला हिंसा भन्दा पुरुष हिंसाको पनि घटना भएको देखिन्छ । यसको खास कारण बालबिबाह र बैदेशीक रोजगारको कारणले भएको पाईन्छ । यस लाई रोकथाम गर्न आगामी नीती तथा कार्यक्रम तय गर्न देखिन्छ । यस बारे नीती तथा कानून भए पनी कार्यान्वयनको दायरा नभएकोले गर्दा हुने गरेको पाईन्छ ।

मुसिकोट नगरपालीकाले महिलाको क्षेत्रमा के के काम गरेको देखिन्छ ?
मसिकोट नगरपालिकाले यसमा आगामी २०७४/०७५ मा बिभिन्न कार्यक्रम सञ्चालन गरेको छ । महिला लोक सेवा कक्षा सञ्चालन, महिला ड्राईभिङ, सिलाई कटाई ३५ दिने बुटीक तालिम सञ्चालन गरेको छ । त्यस्तै १६ दिने महिला हिंसाको अभियानका बारेमा र अन्य अरु बिभिन्न चेतनामुलक तालिम पनि सञ्चालन गरिरहेको छ । आगामी दिनमा अझै प्रभावकारी तरिकाले नीती तथा कार्यक्रमहरु बनाउने र कार्यन्वयन गर्नेछौं ।

रुकुममा पछिल्लो समयमा बलात्कारका घटना बढेको देखिन्छ यसलाई रोकथामको उपाय के ?
यो रुकुममा मात्र होइन नेपाल भर छ । यसमा नेपाल सरकारले यसमा प्रभावकारी तरिकाले बलत्कारका घटनालाई रोकाथाम गर्न कार्यान्वयनमा आवश्यक ध्यान दिएको देखिदैन । मलाई लाग्छ खास महिलाहरु बैदेशिक रोजगारको सिलसिलामा गएका क्रममा बलात्कार हुने गर्छन र नेपालको सन्र्दभमा रक्षकहरुबाटै महिलाहरु बढी बलात्कारको सिकार हुने गर्दछन । अब यसलाई स्थानीय सरकारको तर्फबाट न्युनिकरणको लागी पर्नु पर्छ र पर्छाै ।

कार्यपालिकामा के कस्ता कामहरु हुन्छन ?
मुसिकोट नगरकार्यपालिकामा ६ वटा बिभागहरु छन र ती बिभागहरुको जिम्मा हामीले लिएका छौ । जस्मा म आर्थिक बिकास समितीको जिम्मा छ । जुन आर्थिक विकास भित्र निम्न बिषय बस्तुहरु पर्छन । कृषि, सहकारी, पशु, पशुपंक्षी, आयश्रोत, पर्यटन, बितीय क्षेत्र, आर्यआर्जन रहेका छन । यी बिषय बस्तुमा रहेर बिभिन्न नीती तथा कार्यक्रमहरु बनाउनु र कार्यन्वयन गर्नुपर्दछ ।

नगरपालिकाले जनताका लागी गरेको सहुलियत पूर्ण कामका केहि उदाहरण छन ?
मुसिकोट नगरपालिकाले सहुलीयत पूर्ण काम गरेको छ । जसमा मुसिकोट नगरपालिका भित्रका प्रत्येक वडामा ५ जना गरिबी निमुखाहरुलाई निशुल्क स्वास्थ्य बिमा गरिदिएको छ । शिक्षा प्रणालीलाई निशुल्क निशुल्कको अबधारणामा ल्याएको छ । मुसिकोट ५ सेरिगाउमा बालआवासिय गृहको स्थापना गरेको छ । त्यस्तै प्राईटभेट क्षेत्र भन्दा सरकारी बिद्यालयमा गुणस्तर युक्त शिक्षाको दिगोपना हुनुपर्छ भनेर त्यहि अनुसारको नीति तथा कार्यक्रम बनाएको छ ।

अन्त्यमा, बर्षातको समय छ मुसिकोट नगरवासी जनतालाई के भन्नुहुन्छ ?
सम्पूर्ण जनतालाई यस आर्थिक बर्षको नीति तथा कार्यक्रमहरु कार्यन्वयन गर्न सबैमा आग्रह गर्दछु । मुसिकोट नगरपालिकाले ३५ करोड ६४ लाख ८८ हजार रकम बीनीयोजन गरेको छ । कुल बिनियोजन रकमबाट चालु तथा जम्मा रु २९ करोड ६ लाख ९६ हजार र पुजिगत तर्फ जम्मा रु ३६ करोड ५७ लाख ९२ हजार बिनियोन गरिएको छ । यी बजेटको सेरोफेरोमा रहेर जनताबाट आएका योजनालाई सम्बोधन गदै उहाँहरुको बिकासको लागी उहाँहरुकै पक्षमा रहेर हामीले काम गर्ने छौं भन्ने प्रतिबद्धता जाहेर गर्दछु । अन्त्यमा बर्षातको समय छ बाढिपहिरो बाट क्षती हुने गरेको छ । यसको लागी मुसिकोट नगरपालिकाले बिपत् कोष खडा गरेको छ । जसमा रहेर पीडितहरुलाई राहतको व्यवस्था गर्ने छौं । त्यसका साथै हामी भित्र लुकेर रहेका तिता मीठा शब्दहरु जनताहरु संग पु¥याउने अवसर मुसिकोट नगरपालिकाको तर्फ बाट आहा सञ्चार पत्रिका परीवारलाई बिशेष धन्यबाद दिन चाहान्छु ।
प्रस्तुती : सुवास बटाला

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto