मोहन विसी
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा न. ६ मा रहेको जन ज्योती आधारभुत बिध्यालयका प्रधानध्यापक कृष्ण बहादुर ओलीले बिद्यालयमा मानोमानी गरेको पाइएको छ । आफु अनकुल मात्र बिद्यालय आउने देखि बिद्यालयको खाता समेत आफु अनकुल प्रयोग गर्ने गरेको पाइएको छ । बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष नर बहादुर महताराले प्रधानध्यापक ओलीले बिद्यालयकोे रकम आफुखुसि निकालेर आपारदर्शिता गरेको बताए । ब्यबस्थापन समितीका अध्यक्ष नभएको मौका छोपेर कृते हस्ताक्षर गरेर प्रधानध्यापक ओलीले रकम समेत निकालेको उनको भनाई छ । तर उनले अध्यक्ष संगको कुरापछिको सहमतिमा मात्रै निकालेको प्रतिक्रिया दिएका छन । उक्त रकम बिद्यालयमा नगरपालिकाले बिध्यार्थीहरुको पोषाक भत्ता स्वरुप बैंकमा जम्मा गरिदिएको थियो । ‘प्रधानध्यापक जिम्मेबारी बिहिन जस्तो देखिनु भयो, महिनामा आठदश दिन मात्र बिद्यालय आउने, रकम आफु अनकुल बैंकबाट झिक्ने यो त राम्रो कुरा भएन । यस बिययमा व्यवस्थापन समितिको निर्णयबाट केहि कारबाहीको प्रकृया अघि बढाउछौं’ बिव्यस अध्यक्ष महतराले भने ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto