नारायण ओली
सिम्ली
सानीभेरी गाउँपालिका पूर्ण खोप गाउँपालिका घोषणा गरिएको छ । नेपाललाई पूर्ण खोप सुनिश्चित देश बनाउने राष्ट्रिय लक्ष अनुसार सानीभेरी गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका घोषणा गरिएको हो ।
जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका घोषणा गरे । यो काम अत्यन्तै स्रहानिय पक्ष भएको भन्दै यसलाई दिगो बनाउन उनले जोड दिए । गाउँपालिका भित्र चालु आर्थिक वर्ष भित्र सबै खाले खोपहरु ९५ प्रतिशत पुरा भएको तथ्यांक अनुसार गाउँपालिका पूर्ण खोप गाउँपालिका घोषणा गर्न योग्य भएको सानीभेरी गाउँपालिका स्वास्थ्य संयोजक लोकेन्द्र डाँगीले बताए । गाउँपालिकाले पूर्ण खोप गाउँपालिका घोषणा कार्यक्रममा विभिन्न पक्षबाट सरसहयोग गर्ने महिला स्वास्थ्य स्वंसेविकाहरु, स्वास्थ्यकर्मीहरु सहित सरोकारवाला ब्यक्ति तथा संस्थाहरुलाई पनि सम्मान गरिएको छ । सिम्ली स्थित राप्ती ज्ञानोदय माविको प्रांगणमा भएको घोषणा कार्यक्रममा विभिन्न किसिमका सास्कृतिक झाँकी, दोभान जनचेतना युवा क्लब र सानीभेरी बोर्डिङको सास्कृतिक कार्यक्रम प्रस्तुत समेत गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto