मेगराज खड्का
रुकुम पुर्ब : रुकुम पुर्बको भूमे गाउपालिकाले हालसम्म २७ कानून बनाएको छ । ११ वटा गाउ कार्यपालिकाको बैठक, २ वटा नियमित र ४ वटा विशेष गाउ सभाबाट गाउपालिकाको लागि आवश्यक २७ वटा बिभिन्न कानून बनाइएको गाउपालिका अध्यक्ष रामसुर बुढाले जानकारी दिए । उनका अनुसार १९ कानून नमूना कानूनका आधारमा निर्माण गरिएको हो भने ८ वटा कानून स्थानीय आवश्यताको आधारमा बनाइएको छ ।
नमूना कानूनबाट बनेका कानूनले मात्रै गाउपालिकाको सबै विषय समेट्न नसक्ने भएकाले स्थानीय आवश्यक्तालाई मध्यनजर गरेर थप कानून निर्माण गरिएको अध्यक्ष बुढाले बताए । ‘काम गर्ने क्रममा कानून अभावका दैनिक काजमकाज तथा योजना÷आयोजना सञ्चालनको क्रममा समस्या आइपरे तत्कालै कार्यपालिका बैठकबाट प्रस्ताव गर्ने गरिएको छ,’ अध्यक्ष बुढाले भने ‘त्यसपछि त्यसलाई गाउ सभाबाट पारीत गर्दै गैरहेका छौं ।’ भूमे गाउपालिकाको समृद्धिका लागि भूमे स्वयसेवक ऐन बनाएर कार्यान्वनमा लगिएको उनले बताए । स्थानीय आवश्यक्ताको आधारमा गाउपालिकाको समृद्धिको लागि गाउपालिकाबासी जसले जे सक्छ त्यही योगदान गर्ने गरी यो ऐन बनाइएको उनको भनाई छ । भौतिक योगदान गर्न नसक्नेहरुले आर्थिक योगदान गर्ने गरी कोष पनि सञ्चालन गरिएको छ ।
स्थानीय आवश्यक्ता र सृजनशिलतामा यो कानून बनाइएको र यसको कार्यान्वन मार्फत हरेक नागरिकलाई गाउपालिकाको समृद्धिमा जोड्ने अवधारण तय गरिएको छ । जिल्लाका अन्य २ स्थानीय तह भन्दा भूमे गाउपालिको बढी कानून निर्माण गरेको छ । सिस्नेले हाल सम्म १७ वटा कानून निर्माण गरेको छ भने पुथाउत्तरगंगा गाउपालिकाले ७ वटा मात्रै कानून बनाएको छ । तीन स्थानीय तह मात्रै रहेको यस जिल्लामा स्थानीय तहको निर्वाचन गत असार १४ मा भएको थियो ।
यस्ता छन २७ कानून
१, भूमे आचारसंहिता २०७४
२, भूमे स्वयमसेवक ऐन २०७४
३, कर्मचारी पदपुर्ती मापदण्ड तथा संक्रमणकालीन व्यवस्थापन सम्बन्धी ऐन २०७४
४, कार्यक्रम तथा योजना सञ्चालन कार्यान्वयन र फरफारक कार्यविधि २०७४
५, याञ्त्रिक उपकरण सञ्चालन सम्बन्धि कार्यविधि २०७४
६, साझेदारीमा आधारीत कार्यक्रम, परियोजना कार्य सञ्चालन तथा व्यवस्थापन गर्न बनेको ऐन २०७४
७, विपद व्यवस्थापन कोष सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७४
८, कर्मचारी तथा अन्य पदाधीकारीहरुको सेवा सम्बन्धी कार्यविधि २०७४
९,गाउ कार्यपालिकाको निर्णय वा आदेश र अधिकार पत्रको प्रमाणिकरण कार्यविधि २०७४
१०, गाउ कार्यपालिकाको बैठक सञ्चालन कार्यविधि २०७४
११, गाउ कार्यपालिकाको कार्य सम्पादन नियमावली २०७४
१२, गाउ कार्यपालिकाको कार्य विभाजन नियमावली २०७४
१३, गाउपालिकाका पदाधीकारीहरुको आचारसंहिता २०७४
१४, सभा बैठक सञ्चालन कार्यविधि २०७४
१५, सहकारी ऐन २०७४
१६, आर्थिक कार्यविधि २०७४
१७, रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७४
१८, तालिम, गोष्ठी, सेमिनार सञ्चालन कार्यविधि २०७४
१९, शिक्षा ऐन तथा नियमावली २०७४
२०, कृषि व्यवस्था प्रवद्र्धन ऐन २०७४
२१, बजार अनुगमन निर्देशिका २०७४
२२, प्रशासकीय कार्यविधि नियमित गर्न बनेको ऐन २०७४
२३, न्यायिक समितिको कार्यविधि सम्बन्धिको ऐन २०७४
२४, घ बर्गको निर्माण व्यवसायी इजाजत पत्र सम्बन्धि कार्यविधि २०७४
२५, उपभोक्ता समिति गठन, परिचालन, तथा व्यवस्थापन कार्यविधि २०७४
२६, टोल विकास संस्था सञ्चालन सम्बन्धि कार्यविधि २०७४
२७, स्थानीय राज पत्र प्रकाशन सम्बन्धिको व्यवस्था २०७४

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto