मेगराज खड्का
रुकुम पूर्ब १३, बैशाख : रुकुम पूर्बका ५० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । जेष्ठ नागरिक समाज केन्द्र रुकुम पूर्बले जिल्लाका ५० जना जेष्ठ नागरिकहरुलाई सदरमुकाम रुकुमकोटमा एक कार्यक्रमका बिच सम्मान गरेको हो । जेष्ठ नागरिक समाज केन्द्रका केन्द्रिय अध्यक्ष मोहन बहादुर केसी, जिल्ला समन्वय समिति रुकुमका पूर्बका प्रमुख गजेन्द्रबहादुर ओली र सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालले जेष्ठ नागरिकहरुलाई सम्मानस्वरुप एक/एक वटा थाली प्रदान गर्नुभयो ।
पछिल्लो पुस्ताहरुले जेष्ठ नागरिकहरुको सुरक्षा र सम्मानमा ध्यान नदिईरहेको अवस्थामा यस्ता कार्यक्रम गर्दा जेष्ठ नागरिकको सम्मानमा प्रेरणा हुने भएका कारण सम्मान कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ । केन्द्रले सानै उपहार भएपनि जेष्ठ नागरिकहरुको सम्मान गर्ने संस्कारको बिकास गर्न जिल्लाका ७५ बर्ष पुरा भएका जेष्ठ नागरिकहरुलाई थालि दिएर सम्मान गरिएको हो । आगामी दिनहरुमा जेष्ठ नागरिकहहरुको सम्मान र प्रोत्सानका लागि बिभिन्न कार्यक्रमहरु तय गर्ने देखि स्थानीय सरकारलाई त्यस तर्फ ध्यान दिन सुझाब र दवाद दिने आयोजकको भनाई रहेको छ । कार्यक्रममा सिस्ने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलक गौतम, नेकपा एमालेका नेता टिकाराम उपाध्याय, नेपाली काग्रेसका नेता पुर्णजंग शाह र नेकपा माओबादी केन्द्रका नेता बासुदेब गौतम लगायत सरोकारवाला निकायहरुको सहभागीता रहेको थियो । केन्द्रका अध्यक्ष नरजंग समाल मल्लको अध्यक्षतामा भएको कार्यक्रम संचालन टोपजंग मल्लले गर्नुभएको थियो ।
फेसबुक प्रतिक्रियाहरु