डिल्लीबहादुर खत्री
रुकुम
जन्म दर्ता प्रमाणपत्र के का लागि मागिन्छ ? नागरिकता बनाउदा, जन्ममिति प्रमाणित गर्दा वा बालबालिकाहरुको बिद्यालयमा भर्ना गर्दा, यस्तैयस्तै कामका लागि । तर रुकुम पश्चिमका जोतिषीहरुले भने बिहेको लागि केटाकेटिको नाम जुराउदा समेत जन्मदर्ता प्रमाणपत्र माग्न थालेका छन । तपाईलाई यो सुन्दा अचम्म मानेपनि बालबिबाह रोकथाम गर्न जोतिषीहरुले नै यस्तो उपाय अपनाएका हुन ।
अहिले रुकुम पश्चिम चौरजहारी नगरपालिकामा बिहेका लागि जोतिषी हेराउदा अनिबार्य जन्मदार्ता प्रमाणपत्र पनि लिनुपर्ने नियम बनाइएको छ । बालबिवाह अन्त्य गर्नलाई बिवाहको दिन हेर्दा खरी स्थानीय दोतिषीहरुले दुबै पक्षको जन्मदर्ता माग्न थालेका हुन् । जोतिषीहरुले नै जन्मदर्ता माग्न थालेपछि बालबिवाह गर्नेको संख्यामा कमि आउन थालेको छ । केटा केटीको राशी बर्ग मिलेपनि जन्मदर्ता अनुसार २० बर्ष उमेर पुरा नभएको देखिएमा हेर्न नमिल्ने भन्दै फिर्ता पठाउने गरेका छन । ‘मैले यहि फागुन महिना देखि बिहेको नाम हेराउन आउने केटिकेटि दुबैको नागरिकता वा जन्मदर्ता माग्न थालेको छु’ चौरजहारी नगरपालिका १२ का जोतिषी बिनोद शर्माले भने, ‘मैले यो नियम शुरु गरेदेखि बिहेको लागि नाम जुराउन आएका २/३ वटा बालबिबाह पर्न गएका कारण एकदुई बर्ष जुरेको छैन र तत्काल बिहे गर्नु हुदैन भनेर फकाईदिएको छु ।’ उनका अनुसार स्थानीय तह मार्फत जिल्लाका सबै ठाउँमा यसरी नै जोतिषीहरुलाई अभिमुखिकरण मार्फत सहकार्य गर्ने हो भने सरकारले नै थालेको बालबिबाह न्युनिकरण गर्ने अभियान धेरै हदसम्म पुरा हुनेछ ।
उनी मात्र होईन त्यस क्षेत्रका सबै जोतिषीहरुले यसैगरि बिहेका लागि आउने केटाकेटिको उमेर हेरेर मात्र जुरे नजुरेको भनेर बताउने गरेका छन । गाउँका जोतिषीहरुले नागरिकता वा जन्मदर्ता मार्फत उमेर हेरेर उमेर पुगेपछि मात्र बिहेको नाम हेर्न थालेपछि बालबिबाह गर्नेहरु स्वत आफै हेराउन आउनेमा समेत कमी भएको छ । जोतिषीहरुले नै उमेर पुगेपछि मात्र बिहेका लागि नाम हेर्न थालेपछि बालबिवाह रोक्न निकै सहयोग पुगेको स्थानीय जगबिर केसी बताउछन । ‘जति पढिलेखे पनि हिन्दु धार्मिक संस्कार अनुसार नै जसले पनि जोतिषी हेरेर, घरायसी परम्परागत वा मन्दिरमा नै बिहे गरेपनि जोतिषी अनी बाहुनहरुले नै गर्नेहुन’ उनले भने, ‘अधिकांस बालबिबाह हुने गाउँघरमा जोतिषीहरुको यस्तो कदम निकै महत्वपुर्ण छ, यसलाई निरन्तरता र बिस्तार गर्नु आवश्यक छ ।’

नगरपालिका के गर्दैछ बालबिवाह रोक्न ?
चौरजहारी नगरपालिकाको उपप्रमुख तथा न्यायिक समिति संयोजक राधा रोकाले बालबिवाह अन्त्यको लागि जनचेतना मुलुक कार्यक्रम सञ्चालन, बालबिवाह गर्न लागेको जानकारी आएमा सम्झाईबुझाई बिवाह रोक्ने र उमेर नपुगको बिवाा दर्ता नगर्ने लगायतको कार्यक्रम गरिरहेको बताउछिन । ‘म जनप्रतिनिधिको भएर आइसकेपछि १ वटा बालबिवाहाको निवेदन आएको थियो र उक्त बिवाह सम्झाईबुझाई रोखेका अब दुबै पक्ष २० बर्ष पुगेपछि मात्रै बिवाह दर्ता हुन्छ’ उनले भनिन, ‘चौरजहारी क्षेत्रमा जोतिषीहरुले बाह बिबाह रोक्न गरेको रचनात्मक काम पनि महत्वपुर्ण छ भने, बालबिवाहा अन्त्य गर्न नगरपालिकाले पनि कुनै कसर बाँकी राख्दैन ।’

फेसबुकमा प्रतिक्रिया दिनुहोस...