डिल्लीबहादुर खत्री
चौरजहारी
पश्चिम रुकुम चौरजहारी नगरपालिकामा न्यायिक समितिलाई दुई दिने न्याय सम्पादन सम्बन्धि अभिमुखिकरण तालिम दिइएको छ । स्थानीय तहमा सजिलै सर्वसाधारणलाई न्याय दिने उदेश्यले अभिमुखिकरण तालिम दिइएको हो । अभिमुखिकरण पाएपछि अब नगरमा पीडितलाई न्याय दिन झन्झट नहुने नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक राधा रोकाले बताईन । उनका अनुसार नगरमा आएका मुद्धाहरुलाई कस्तो फैसला दिने भन्ने आफैमा हुो अलमल समाधान भएको छ । अभिमुखिकरण तालिमको सहजिकरण अधिवक्ताद्धय यज्ञबहादुर पाण्डे र गणेश हमालले गरेका थिए ।अभिमुखिकरणमा कस्तो मुद्धा नगरले दर्ता गर्ने, कस्तो प्रकृतिको मुद्धालाई कस्तो फैसला गर्ने, कुनकुन मुद्धा नगरपालिकाले हेर्ने, कुन मुद्धा मेलमिलाप बनाउने जस्ता बिषयमा सिकाइको थियो । आधारभुत बिद्यालय नार्जिमा सञ्चालन भएको दुई दिने अभिमुखिकरण तालिममा न्यायिक समितिका पदाधिकारी र वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto