सर्जना कार्की
रुकुमकोट
रुकुम पुर्बको रुकुमकोट गाउँपालिकामा आयोजना गरिएको २ दिने आँखा शिबिरमा साढे पाँच सय बढी आँखाको समस्या भएका स्थानीयहरुले चेकजाँच तथा उपचार गराएका छन । राप्ती आँखा अस्पताल रक्षाचौर तुल्सीपुरको प्राबिधिक सहयोग, आँखा उपचार केन्द्र सेल्ले रुकुम पश्चिमको आयोजना र सिस्ने गाउँपालिकाको स्थानीय व्यवस्थापमा शिबिरको आयोजना गरिएको हो । शिबिरबाट ३ सय ३ महिला र २५४ पुरुष गरेर जम्मा ५ सय ५७ जनाले सेवा लिएका छन । जसमा ३८ जना महिला र २८ जना पुरुष गरि ६६ जनाको मोतिबिन्दु अप्रेशन भएको छ भने अन्यको चेकजाँच तथा समान्य अप्रेशन भएको हो । शिबिरमा डा. एरिक बैद्य र शालिकराम गौतम लगायतको सहभागीता रहेको आँखा उपचार केन्द्र सल्ले जानकारी दिएको छ ।

election adv.
फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto