आहा सञ्चार संबाददाता
रुकुम २० चैत : नेपाल बिद्यार्थी संघ केन्द्रिय समितिले नयाँ जिल्ला बनेको रुकुम पुर्वको जिल्ला अधिवेशन सम्पन्न गरि तदर्थ समिति गठन गर्नको लागी केन्द्रीय सदस्य तारक प्रतिभा केसीलाई प्रतिनिधि तोकेको छ । राज्य पुनः संरचनाको क्रममा रुकुम र नवलपरासी जिल्ला विभाजन गरेर नयाँ जिल्ला कायम गरिएको थियो । उक्त बेलादेखी रुकुम पुर्वमा नेविसंघको जिल्ला समिति नभएकाले तत्काल तदर्थ समिति गठन गरि संगठन निर्माण गर्न केन्द्रिय अध्यक्ष नैनसिंह महरको निर्देशन अनुसार केसीलाई जिम्मेवारी प्रदान गरिएको नेविसंघ केन्द्रिय कार्यालयका मुख्य सचिब डिल्लीराज हमालले जानकारी दिए । उनका अनुसार नयाँ बनेको जिल्लामा नयाँ सागठनिक गतिविधि गर्नुपर्ने भएकोले केसीलाई जिम्मेवारी दिइएको हो । केन्द्रिय प्रतिनिधि केसीले जिल्ला पार्टी र नेविसंघ केन्द्रिय समितिको समन्वयमा संघको विधि बिधान र परिधिभित्र रहेर तदर्थ समिति गठन गर्ने बताए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto