- दिनेश पुन
सानीभेरी गाउँपालिका, २ पश्चिम रुकुम
मायामा खतरा हुन्छ, लगाउनेले बुझ्दै बुझ्दैनन् ।
जसरी चुरोटको असर, बनाउनेले बुझ्दै बुझ्दैनन् ।
जनता भोकभोकै मरिरहेका छन् भन्ने कुरा पनि ।
कुर्सीमा बसेर देश, चलाउनेले बुझ्दै बुझ्दैनन् ।
नारीलाई सम्मान गर्नुपर्छ, दिदीबहिनी सोच्नुपर्छ ।
बाटोमा बसेर केटि, जिस्काउनेले बुझ्दै बुझ्दैनन् ।
राम्रो लगाऔं संस्कृति जोगाऔं भनेर सम्झाएकै हो
मिनिस्कट लगाएर तिघ्रा, देखाउनेले बुझ्दै बुझ्दैनन् ।
पैसा कमाउन मिहिनेत गर्नुपर्छ, पसिना बगाउनुपर्छ ।
बा’को पैसा मोज मस्तीमै, उडाउनेले बुझ्दै बुझ्दैनन् ।
फेसबुक प्रतिक्रियाहरु
