मेगराज खड्का
रुकुम
रुकुम ५२ पोखरी ५३ टाकुरीको जिल्ला भनेर मात्र होईन देशकै उत्कृष्ठ तरकारी बिउ उत्पादनका जिल्ला भनेर पनि चिनिन्छ । देशकै नमुना तरकारी बिउ उत्पादन केन्द्र चाँपा रुकुममा अहिको सिजनमा पनि बिभिन्न प्रकार तरकारी बिउको उत्पादन भैरहेको छ । सरकारी स्तरको समशितोष्ण तरकारी बिउ उत्पादन केन्द्र मार्फत रुकुम सदरमुकाम नजिकैको चाँपामा तरकारी बिउ उत्पादन भैरहेको हो ।
करिब ६ हजार हेक्टर जमिनमा बिभिन्न जातका तरकारीहरुको नर्सरी तथा मुल बीउ उत्पादन गरि सहुलियत मुल्यमा बिक्रि गरिदै आएको छ । २०३५ सालमा स्थापना भएको यो केन्द्रले कुनै समय बिदेशमा समेत राम्रो चर्चा कमाएसगै स्वादेश तथा बिदेशका बिभिन्न ठाउँमा मुल बीउ जाने गरेको छ । हाल यस केन्द्र मार्फैत मुला, रायो, काउजी, केराउ र प्याज लगयातका बिभिन्न जातका १६ थरी तरकारी मुल बिउ उत्पादन भैरहेको केन्द्रका बरिष्ठ बागवानी विकास अधिकृत डा.रबिन्द्र नाथ चौवेले जानकारी दिए ।
उनका अनुसार यस केन्द्र मार्फत बर्षेणी बिभिन्न तरकारीबालिहरुको मुल बीउ ६ टन बढी उत्पादन हुँदै आएको छ । जसबाट बर्षेनी १५ देखि २० लाख सम्मको आम्दानी हुने गरेको छ । परम्प्ररागत रुपमा उत्पादन भैरहेको यस केन्द्रमा पछिल्ला बर्षहरुमा केहि आधुनिक रुपमा समेत बिउ उत्पादनको उपाय अपनाईएको छ । हेर्नुहोस केहि फोटो,