सर्जना कार्की
रुकुमकोट
स्वास्थ्य बिमा कार्यक्रम रुकुम पुर्बमा जिल्लामा पनि शुरु गरिएको छ । पुर्ब मन्त्री तथा माओबादी नेता गणेशमान पुनले स्वास्थ्य बिमा दर्ता कार्यक्रमको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिति पुनले स्थानीय, प्रदेश र संघिय सरकारले सबै नागरिकको स्वास्थ्य उपचारको जिम्मा लिन यस्तो कार्यक्रम राम्रो कुरा भएको बताउदै प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्ने बताए । रुकुम पुर्बका स्थानीय तहहरुले जनताको स्वास्थ्य सुधारका लागि मास्टर प्लान बनाएर अघि बढ्नुपर्ने बताउदै सरकारले परम्परागत उपचार पद्धतिका साथै स्वास्थ्यको लागि कृषि, खेलकुद र व्यायामलाई पनि जोड दिनुपर्ने उनको भनाई रहेको थियो ।
कार्यक्रममा बोल्दै जनस्वास्थ्य अधिकृत शिव सार्कीले अहिलेको जमनामा शिक्षा सिक्न बोर्डिङ स्कुल र स्वास्थ्य उपचार गर्न मेडिकल धाईरहेको अवस्थामा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्दा जनतालाई उपचारमा निकै राम्रो हुने बताए । जिल्ला अस्पताल नभईसकेको अवस्थामा यो सेवा लिन रुकुम पश्चिम जानुपर्ने भएकोले रुकुम पुर्वमा छिटै अस्पताल स्थापना गर्नु सबैले पहल गर्नुपर्ने र सरकारले निशुल्क रुपमा दिने औषधी देखि स्वास्थ्य बिमा मार्फत पाईने रकम सदुपयोग गर्नुपर्ने उनको भनाई रहेको थियो ।
स्वास्थ्य बिमा कार्यक्रम मार्फत पाँच जना सम्मका जुनसुकै परिवारले पनि बर्षमा २५ सय जम्ममा गरेर स्वास्थ्य बिमा भरेमा एक बर्षको अवधीमा परिवारका कुनै पनि सदस्यहरु बिरामी भएर उपचार गराउनु पर्दा ५० हजार सम्म छुट दिने उल्लेख छ ।
त्यस्तै पाँच जना भन्दा बढी परिवार संख्या भएको परिवारले २५ सयमा थप परिवारको संख्या हेरि प्रति परिवार संख्या थप ४ सय २५ रुपैयाँ तिर्नुपर्ने हुन्छ भने बिमा पाउँदा पनि थप ५० हजारमा १० हजार सम्म छुट पाईन्छ । जिल्ला प्रत्येक स्थानीय तह र वडाहरुमा दर्ता कर्मचारी खटाएर अभियानकै रुपमा स्वास्थ्य बिमा गरिने बताईएको छ । रुकुम पश्चिममा यसअघि नै बिमा कार्यक्रम शुरु भैसकेको छ ।
जिल्ला समन्वय समिति उपप्रमुख भिमकुमारी पुनको अध्यक्षतामा भएको कार्यक्रमको सिस्ने गाउँपालिकाकी अध्यक्ष कुमारी बराल, उपाध्यक्ष गोबर्धन बुढा, निमित्त प्रमुख जिल्ला अधिकारी गोकर्ण पुन,स्वास्थ्य बिमा बोर्ड कर्णाली प्रदेशका संयोजक अर्जुन पण्डित, खड्ग दल गणका गणपति बिमल वाग्ले, जिल्ला समन्वय अधिकारी चिन्तामणी दाहाल, निर्वाचन कार्यालय प्रमुख राजेश प्रसाद पोख्रेल,कोष तथा लेखा नियन्त्रक शाखा कार्यालय प्रमुख शालिग्राम रायमाझी लगायत जिल्ला स्थित विभिन्न रजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto