अरुण चापागाईं
जेद्दा
जेद्दामा खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ पश्चिम क्षेत्रीय समन्वय समिति जेद्दा साउदी अरबले संस्थालाइ सक्रिय बनाई राख्न साथै नेपाली नेपाली बीच भाइचारा र सद्भाव कायम राख्न प्रतियोगीताको आयोजना गरेको हो । प्रतियोगितामा जेद्दा आसपासका क्षेत्र साथै यांबू, रबिग र ताइफ बाट आएका टिम सहित १६ भलिबल टिम सहभागी थियो ।
नेपाली महावाणिज्य दूतावासका कार्यबाहक महावाणीज्यदुत रेवती रमण पौडेलकले प्रतियोगीता उद्घाटन गरेका थिए । प्रतियोगितामा जेद्दा स्वतन्त्र टिम, बुरेमान हादा टिम, अलमराइ बेकरी र रबिग भलिबल टिम क्रमस सेमी फाइनलमा प्रवेश गरेका थिए जसमा जेद्दा स्वतन्त्र टिमले बुरेमान हादा लाइ हराउदै फाइनलमा प्रवेश गर्यो भने अलमराइ बेकरी टिमले रबिग भलिबल टिमलाइ हराउदै फाइनलमा प्रवेश गरेको थियो । रोमाञ्चक र प्रतिस्पर्धी बन्दै गएको प्रतियोगिता फाइनलमा जेद्दा स्वतन्त्र टिम र अलमराइ बेकरी टिम बीचको खेल झनै रोमान्चक बनेको थियो । तर जेद्दा स्वतन्त्र टिम लाइ पछी पार्दै अलमराइ बेकरी टिमले बिजेताको उपाधि चुम्न सफल भयो भने जेद्दा स्वतन्त्र टिम उपबिजेता बन्यो ।
बिजयीलाई पुरस्कार स्वरूप बिजेता टिम अलमराइ बेकरीले नगद साउदी रियाल १८००, मेडल, कप र प्रमाणपत्र तथा उपबिजेता टिम जेद्दा स्वतन्त्रले नगद साउदी रियल १०००, मेडल, कप र प्रमाणपत्र प्राप्त गरे । उत्कृष्ट खेलाडी रबिग भलिबल टिमका क्याप्टेन गणेश गुरुङ घोषित भएका थिए, उत्कृष्ट खेलाडीलाइ आयोजकको तर्फ बाट प्रमाणपत्रको साथै कप र मेडल प्रदान गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु