आहा संचार संबाददाता
रुकुम २६, फागुन : कर्णाली प्रदेश सभा सासंद गोपाल शर्माले आफु प्रत्येक महिना आफ्नो निर्बाचन क्षेत्रमा रहेका ३ वटा वडा पुग्ने बताएका छन । निर्बाचनका बेला मत माग्नको लागि मात्र आफु गाउँ नपुग्ने भन्दै निर्बाचित भईसकेपछि आफुले प्रत्येक महिना आफ्ना निर्बाचन क्षेत्रका वडाहरुमा पुगेर यसअघि प्रतिबद्धता गरेका विकास योजना ध्यान दिने देखि जनताहरुसंग अन्र्तक्रिया गरिने बताए ।
प्रेस सेन्टर रुकुमले आयोजना गरेको पत्रकार भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै शर्माले यस्तो बताउनु भएको हो । ‘मैले प्रत्येक महिना आफ्नो जिल्लामा आउने र जिल्लामा आएको बेला आफ्नो निर्बाचन क्षेत्रमा रहेका कम्तिमा ३ वटा वडामा पुगेर समग्र विकास र सामाजिक उत्तरदायित्वको बिषयमा जनतासंग रहन्छु’ उनले भने, ‘यो अभियान म निर्बाचन भैसकेपछि शुरु गसिकेको छु, केहि वडाहरुमा त यसपटक रुकुम आएको बेला नी पुगे, प्रत्येक महिना कुनै न कुनै वडा पुगेर सबै वडामा पुग्छु ।’

रुकुम पश्चिम २ नम्बर निर्बाचन क्षेत्रबाट निर्बाचित सांसद शर्माले रुकुमलाई अबको १० वर्ष भित्रै बेरोजगार मुक्त जिल्लाको रुपमा चिनाउने पनि बताएका छन । अहिलेको सबै भन्दा ठुलो समस्याको रुपमा रहेको बेराजगारलाई हटाउनको लागि आफुहरु लागि परेको बताए । उत्पादनको बृद्धि गर्ने र ठुला परियोजनामा लगानी गरेर बेराजगार समस्याको समधान गर्न सकिने उनको भनाई रहेको थियो । त्यस्तै स्रोत र साधनको हिसावले कर्णाली प्रदेश नेपालकै धनि प्रदेश रहेकोले स्रोत साधनको उचित प्रयोग गरेर समृछ प्रदेशको रुपमा स्थापित गराउने तर्फ प्रदेश सरकार लागि पर्ने बताए । कानुन नबन्दा खेरि आफुले गरेका प्रतिबद्धतालाई पुरा गर्न सोचेअनुसार नसकिएको बताउदै केन्द्र सरकारले पुर्णता पाए पछि आफहरुको लागि सम्पुर्ण अधिकार प्राप्त हने र आफहरु लाई काम गर्न सजिलो हुने उनको भनाई थियो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto