आहा संचार संबाददाता
रुकुम पश्चिम । मुसिकोट नगरपालिकाकाले ५ बर्षे शैक्षिक कार्ययोजनाका लागि खाका तयार गरेको छ । नगरपालिकाले यस आर्थिक बर्षमा गर्नुपर्ने बार्षिक कार्ययोजना सहित ५ बर्षे कार्ययोजनाको लागि पनि खाका तयार गरेको हो ।
नगरपालिकाका शिक्षा अधिकृत बिनाराम खड्काका अनुसार उक्त प्रस्ताबिक खाका जानकार ब्यक्ति तथा निकायहरुबाट थप सुझाब समेत दिन सकिने छ । ‘नगरपालिकाले आर्थिक बर्षको सगै आगामी ५ बर्षको लागि शैक्षिक कार्ययोजनाको खाका तयार गरेको छ’ उनले भने, ‘त्यो खाका नगरपालिकाले सुझाबसल्लाह लिएर थप ब्यवस्थित बनाउन खुल्ला गरेको छ, सुझाब सल्लाह आएर थपेर र नत्र त्यहि कार्ययोजनालाई अन्तिम रुप दिईन्छ ।’ स्थानीय तहको अधिकार स्थापित सगै रुकुम मुसिकोटको शिक्षा क्षेत्रलाई थप ब्यवस्थित र समय सान्दर्भिक संचालन गर्न यसरी कार्ययोजना बनाईएको हो ।
कार्ययोजनामा तत्कालिन, मध्यकालिन र दिर्घकालिन गरि ३ प्रकारका नीति तथा कार्यक्रमहरु रहेका छन । नगर शिक्षा ऐन र नियामावलीको गृहकार्य सगै बिद्यालय व्यवस्थापन, शिक्षक दरबन्दी मिलान, पाठ्यक्रम, क्षमता विकास सगै नगर शिक्षा कार्यालय स्थापना लगायतका योजनाहरु समेटएका छन । बिद्यालयको शैक्षिक गुणस्तर बृद्धि सगै औपचारिक र अनौपचारिक शिक्षालाई अझ प्रभावकारी बनाउन बिभिन्न योजनाहरु समेटिएको छ ।
हेर्नुहोस यस्तो छ बिस्तृत कार्ययोजना