काठमाण्डौ । अर्थ तथा ब्यवसायीक क्षेत्रमा क्रियासिल ब्यक्तिको सम्मानमा प्रदान गर्न लागिएको सिइओ अफदिइयर अवार्डका लागीभोटिङ्ग खुल्ला भए सगै यसको चर्चा पनि चुलिएको छ । नेपाल मापहिलो पटक प्रदान गर्न लागिएको अवार्डको पपुलर सिइओ अफ दिइयर बिधाका लागी नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ग दखि उद्योगी बिनोद चौधरी सम्मको प्रतिस्पर्धाले चर्चा पाएको हो ।
आइतवार रिपोर्ट र्सक्लब नेपालमा आयोजकले पत्रकार सम्मेलन गरेर पपुलर सिइओ अफदिइयरका लागी भोटिङ्ग खुल्ला गरिएकोे जानकारी दिएको थियो । ६ वटा बिधामा प्रदान गर्न लागिएको अवार्डको अन्य ५ बिधाको भने जूरी कमिटीले फाइनलगर्ने र पपुलर सिइओ अफदिइयरका लागी भने पब्लीकभोटिङ्ग मार्फत फाईनलगर्ने आयोजकले जनाएको छ । नेपाल कै ठुला घराना, उद्योगी, ब्यवसायी देखि नेपाल बिद्युत प्राधिकरणका प्रवन्ध निर्देशक सम्म यस बिधामा नोमिनेशनमा परेका हुन् । १६ जनाको यस अवार्डका लागी नोमीनेशनमा परेको र सबैलाई भोटिङ्ग मार्फत नै सबै भन्दा धेरै भोट ल्याउनेलाई अवार्ड प्रदानगरिने पत्रकार सम्मेलन मार्फत बताईएको छ । अनलाईन भोटिङ्ग ५० प्रतिशत तथा मोवाइल भोटिङ्ग ५० प्रतिशत सर्वाधिकभोट पाउने ब्यक्तिलाई पपुलर सिइओ अफदिइयरको अवार्ड प्रदानगरिने जनाइएको छ ।
अगामी फाल्गुन ३० गते होटल सोल्टीमा नेपाल सिइओ समिट तथा अवार्ड कार्यक्रममाझ अर्थ तथा ब्यवसाय जगतमा कृयासिलतथा सफलसिईओ, चेयरपर्सन, डाइरेक्टर तथाम्यानेजिङ डाइरेक्टरहरुलाई अवार्ड प्रदानगरिनेछ ।कार्यक्रममा १७ देशका ३०० जनाको सहभागी रहनेछ।
फेसबुक प्रतिक्रियाहरु