नाम : दुर्गाराज बुढा
ठेगाना : मुसिकोट नगरपालिका ६, सेरीगाउँ रुकुम
उमेर : २८
आजभोली कता ब्यस्त हुनुहुन्छ ?
बिभिन्न किसिमका साहासिक दौडको तयारीमा र कहिले हिमाल कहिले पहाड अनी कहिले तराईका बिभिन्न ठाउँमा दैनिक ५०/५५ किलोमिटर दौडेर बिश्वको साहसिक खेलकुलहरुको दौडमा प्रतिस्प्रर्धाका लागि तयारी गरिरहेको छु
तपाईको बाल्यकाल कसरी बित्यो ?
मेरो बाल्यकाल बिशेष गरेर सामान्यतया औपचारिक अध्ययन गर्दै खेलकुदमा रुची भएका हुनाले आमा बुवा गुरुले अध्ययनमा जोड दिदा पनि लुकिछिपि बिभिन्न किसिमका दौडहरुमा मैले केहि समय बिताउने गर्दथे ।
दौड खेल भन्नाले कसरी बुझ्ने ?
दौड भन्न्नाले मैले एउटा एथलेटिक्स अन्र्तगत पर्ने अत्यन्त सहज र मानब जीवनको लागि अति फाईदाजनक एउटा खेल हो । जुन अहिलेको भौतिक परिस्थतिमा नभई नहुने खेल हो । जुनमा बिभिन्न किसमका दौडहरु पर्दछन ।
मानब जीवनमा खेलकुदको महत्व कति छ ?
यो प्रश्न चाहि महत्वपुर्ण प्रश्न गर्नु भयो, मानब जीवनमा खेलको महत्व कुनै पनि शब्दमा बर्णन गर्न नसकिने जस्तो छ । आजको २१ औं सताब्दीमा एउटा बिशेषगरी छुट्नै नहुने एउटा चिज भएको खेल हो । खेलकुदले मानबले नसोचेको आनन्द र सन्तुष्टि प्राप्त गर्नुका साथै आफ्नो राष्ट्रमा एउटा गौरबशाली सार्थक कर्म गरेर राष्ट्रलाई चिनाउने सहास र शक्ति बोकेको हुन्छ ।
तपाईले अहिले सम्म कति वटा प्रतियोगितामा भाग लिनुभयो ?
मैले अहिले सम्म ५ वटा अन्र्तराष्ट्रिय, २ वटा खुल्ला राष्ट्रिय र अन्य दर्जनौं प्रतियोगितामा भाग लिनुका साथै जिल्ला र क्षेत्रिय प्रतियोगीतामा चार पटक बिजेता बने । यसबाट मैले पटक पटक साहासिक दौडबाट बिश्व बिजेता बन्ने शक्ति र बिश्वास प्राप्त गरेको छु । जुन मेरो जीवनको लागि एउटा महत्वपुर्ण क्षण हुनका साथै आफ्नो जन्मभुमि र आमा बुवाको आर्शिबादले पक्कै पनि यस खेलकुदको माध्यमबाट राष्ट्रलाई चिनाउने सक्ने बिश्वास पैदा भएको छ ।
दौड क्षेत्रमा अल्ट्रा दौड भन्ने गरिन्छ नी, त्यसलाई सरल भाषामा कसरी बुझ्ने ?
अल्ट्रादौड भनेको एउटा पर्यटन विकासको लागि अत्यन्त टेवा पु¥याउने साहासिक दौड हो । यो दौड हिमाल र पहाडमा हुने गर्दछ । दुरी चाँहि ८० किलोमिटर भन्दा माथी पहाड र हिमालका सुन्दर दृष्यहरुलाई नजिकैबाट नियालेर दौडनुको उत्साह र माजा बेग्लै हुने गर्दछ ।
यस क्षेत्रमा लामो समयदेखि सत्रिय भैरहदा कस्तो हौसला पाईराख्नु भएको छ ?
बास्ताबमा हौसला भन्ने कुरा आफ्नो हृदयबाट नै आउनुपर्ने रहेछ । जुन यस्ता किसमका प्रतियोगीताहरुमा भाग लिदा मैले बिभिन्न किसमका आफ्ठेरा बाधाहरु आईपरे । तिनीहरुलाई पनि व्यवस्था गर्दै आफ्नो रुची र अन्तरहृदयबाट प्राप्त भएका कुराहरु कहिलेपनि त्याग्न सकिदो रहेनछ । त्यसैले गर्दा मैले जस्तो सुकै पस्थितिमा पनि यस दौड खेललाई जीवनमा पुरा गरेरै छाड्ने जमर्को गरे । त्यसपछि मैले अहिले सम्म पनि आफ्नै लगानि र मेहेनतमा यी प्रतियोगितामा भाग लिईराखेको छु । त्यसैले मेरो जीवनमा यस दौडलाई सफल पार्न ठुलो चुनौति सामना गर्नु पर्नेछ ।
अन्त्यमा, अबको तयारी के गर्दै हुनुहुन्छ ?
बिभिन्न समयमा हुने अन्र्तराष्ट्रिय प्रतियोगीताको लागि दैनिक ५० देखि ६० किलोमिटर पहाड र हिमाल दौडिरहेको छु । प्रस्तुती ः सुबास बटला