गणेश सिर्पाली
रुकुम २३, फागुन : कर्णाली प्रदेशकी भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री बिमला केसीले माओबादी जनयुद्धको क्रममा जनसत्ताबाट घरजग्गा रजिष्ट्रेशन भएर पनि हाल भैरहेको समस्या आयोग बनाएर समाधान गर्ने बताएकी छिन ।
शान्ति स्थापना भएको दशकौं बितिसक्दा पनि द्धन्द्धक्रममा भएको जनसत्ताबाट घरजग्गा रजिष्ट्रेशन समस्या हालसम्म पनि रहिरहेको भन्दै त्यसका लागि प्रदेश सरकार आयोग बनाएर समाधान गर्न लागिपर्ने बताएकी हुन । प्रेस सेन्टर नेपाल र प्रेस चौतारी रुकुमले सयुक्त रुपमा रुकुम पश्चिम सदरमुकाम मुसिकोटमा आयोजना गरको बधाई ज्ञापन तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो कुरा बताएकी हुन । प्रदेश सरकारको प्रबत्ता समेत रहेकी मन्त्री केसीले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि बिस्तृत योजना बनाएर अघि बढ्ने र त्यसका लागि रचनात्मक सुझाब दिन सबैलाई अनुरोध समेत गरिन ।
‘म आफ्नो निर्बाचन क्षेत्र सगै समग्र कर्णाली प्रदेशको विकास र समद्धिमा जोडिने प्रतिबद्धता जनाउछु’ उनले भनिन, ‘जनसंख्याको आधारमा मात्र भएर भौगोलिक आधारमा पनि बिकास बजेट संघिय सरकारले पनि थालनी गर्नुपर्छ र प्रदेश सरकारले पनि त्यसको शुरुवात गर्छ ।’ कार्यक्रममा कर्णाली प्रदेशका सांसदद्धय रातो कामी र देबि ओली सगै ५ नम्बर प्रदेश सांसद आशा स्वर्णकारलाई पनि सयुक्त रुपमा बधाई ज्ञापन गरिएको थियो । प्रेस सेन्टर नेपाल रुकुमका अध्यक्ष मेगराज खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रेस चौतारी रुकुमका अध्यक्ष दिपकसंगम थापाले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto

तिहारको शुभकामना । Happy Tihar


This will close in 20 seconds