डिल्लीबहादुर खत्री
चौरजहारी
कर्णाली प्रदेशका सांसद गोपाल शर्माले अहिले जति उपलब्धि छन् ती सबै सहिदहरुको बलिदानले आएको हुनाले सहिद पार्टीको मात्र नभई राज्यको भएको बताएका छन । सहिद सप्ताहको अन्तिम दिन सोमबार पश्चिम रुकुम चौरजहारी नगरपालिकाले आयोजना गरेको सहिद परिवार सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन । ‘महान १० बर्षे जनयुद्ध र जनआन्दोलनले राजतन्त्र तथा सामान्तवादको अन्त्य सँगै गणतन्त्रको उदय देशमा परिवर्तन सुरु भयो’ उनले भने, ‘त्यो परिवर्तन भनेको सहिदहरुले बलिदानले आएको हो, हामी ती महान जनयुद्धका सहिदहरुलाई सम्मान गरिरहन्छौँ’ ।
चौरजहारी नगरपालिकाले सहिदहरुको सम्मान गर्नेकाम थालेर राम्रो गरेको बताउदै महान सहिदहरुकोे सपना पूरा गर्ने प्रक्रिया निरन्तर जारी राख्नुपर्ने पनि बताए । सहिद परिवारलाई कानुन बनाएर संरक्षण र स्वरोजगार बनाउने संसद शर्माको भनाई थियो । नगरपालिकाले नगर भित्रका सहिद परिवारलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो । नगर प्रमुख बिशाल शर्माको अध्यक्षता रहेको कार्यक्रम उपप्रमुख राधा रोका, निमित्त प्रसासकिय अधिकृत प्रदिप सुनार सगै जनयुद्धका सहिद परिवारहरुको उपस्थिति रहेको थियोे ।
