परिचन्द्र खत्री
मुसिकोट
रुकुम पश्चिम बाँफिकोट गाउँपालिकाको तेस्रो गाउ परिषद् सम्पन्न भएको छ । दुई दिन सम्म चलेको गाउ परिषदले स्थानीय सरकार संचालनको निम्ती आवश्यक बिभिन्न ९ वटा ऐन, नियमावलि पारीत गरेको छ । जसमा शिक्षा ऐन, वन ऐन, आर्थिक कार्यबिधी, फोहरमैला व्यवस्था ऐन, सहकारी ऐन परीत गरेको गाउपालिका प्रबक्ता मनबहादुर केसिले जानकारी दिए ।
त्यस्तै त्यस्तै दलित हक अधिकार ऐन, योजना तथा बजेट ऐन, सुशासन प्रर्बधन कार्यबिधी र बजार अनुगमन ऐेन लगाएतका ९ वटा ऐन तथा कार्यबिधि पारीत गरेको हो । त्यस्तै पहिलो गाउ सभाले बिनियोजित बजेटको समिक्षा पनि गरेको छ । बिभिन्न शिर्षकमा खर्च नभएको बजेटलाई संसोधन तथा परिमार्जन गरी तिर्व गतिमा कार्यसम्पादन गर्ने निर्णय पनि गरेको छ । गाउपालिकाले जल बिद्युत आयोजनामा १५ लाख बजेट बिनियोति गरेर कार्यसंचालन गर्ने निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto