डिल्लीबहादुर खत्री
चौरजहारी
रुकुम पश्चिम रुकुम चौरजहारी नगरपालिकामा सोमबार प्रथम नगर प्रमुख कपको उद्घाटन गर्दै नगर प्रमुख बिशाल शर्माले नगरपालिका भित्रका खेलाडीलाई संरक्षण गर्नु नगरपालिकाको कर्तव्य भएको बताएका छन । ‘खेलकुद जगेर्ना र खेलाडीको संरक्षण हुनु आवश्यक छ त्यो म नगर प्रमुख भएको बेला गर्छु, उनले भने, ’नगरपालिका भित्रका कुनै खेलाडी अवसर नपाएर पन्छिनु पर्ने हुने छैन् ।’

उनका अनुसार धेरै राम्रा खेलाडी भए पनि अवसर अथवा आर्थिक स्थिति कमजोर कारण खेल खेल्न पाएका हुदैनन् अब पुराना खेलाडीलाई संरक्षण र नयाँलाई प्रोत्साहन र अवसर दिने काम नगरपालिकाले बिशेष महत्व दिने छ । नगर प्रमुख कपमा महिला पुरुष भलिबल, फुटबल, ब्याडमिन्टन र बुद्धिचाल खेल सञ्चालन गरिनेछ । भलिबल १२ टिम र फुटबलमा ८ टिमले दर्ता गरेका छन् । चौरजहारी रंगशालामा सञ्चालन हुने खेलमा ब्याडमिन्टन संचालन भैरहेको छ । उद्घाटन कार्यक्रम पश्चात चौरजहारी जनप्रतिनिधि र कर्मचारी बिच मैत्रीपूर्ण भलिबल सञ्चालन गरिएको थियो जसमा बराबरमा खेल टुङ्गिएको थियोे । जनयुद्धको सहिद सप्ताहको अवसर पारेर नगर प्रमुख कपको उद्घाटन गरिएको हो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto