प्रचण्ड खत्री
बाँफिकोट
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा एक हप्ते निशुल्क पत्रकारीता तथा उद्घोषण तालिम सुरु भएको छ । धनमायाँ स्मृति प्रतिष्ठान नेपाल बाँफिकोटको आयोजना र गाउँपालिकाको सहयोगमा तालिम सुरु भएको हो । तालिममा उद्घोषण र पत्रकारीताका विषयमा सिकाइने आयोजकले जनाएको छ । संचारक्षेत्रमा महिला सहभागीता बढाउने तालिमको उदेश्य राखिएको छ । ७ दिनसम्म संचालन हुने तालिममा १० वटै वडाका २/२ जना गरी २० जनाको सहभागीता रहेको छ । तालिमको सहजिकरण आहा संचार साप्ताहिक रुकुमका प्रकाशक/सम्पादक मेगराज खड्का र नेपाल पत्रकार महासंघ रुकुमका सचिव हरि गौतम लगाएतले गरिरहेका छन ।

प्रतिष्ठानकी अध्यक्ष झरणा शाहीको अध्यक्षतामा एक कार्यक्रमकाबिच आईतबार तालिमको उद्घाटन गरिएको हो । कार्यक्रममा बाँफिकोट गाउँपालिका प्रमुख प्रसासकीय अधिकृत लोकबहादुर कुसारीको प्रमुख आतिथ्यता रहेको थियो । प्रतिष्ठानकी सदस्य मनकुमारी विष्टको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन महासचिव सिता खड्का केसीले गरेकी थिईन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto