आहा संबाददाता
रुकुम १४ फागुन : रुकुम पूर्वको भुमे गाउँपालिका ५ सेरावाङमा भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । स्थानीय कामलोटे भिरबाट लडेर सेरावाङका ४८ वर्षिय आशबहादुर कामीको मृत्यु भएको हो । पुथाउत्तरगंगा गाउँपालिका १४ नाखामा रहेको आफन्तकोमा जाने क्रममा बुढा भिरबाट लडेका हुन । भिरबाट करिब ३ सय मिटर तल खसेका कामीको घटना स्थलमै मृत्यु भएको हो । बुढालाई गोठालो गएकाहरुले मृत अवस्थामा फेला पारेका थिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto