परिचन्द्र खत्री
मुसिकोट
रुकुम पुर्ब सिस्ने गााउपालिकाको नियमित बैठक सम्पन्न भएको छ । बैठकले गाउपालिकाको लागि बिभिन्न कार्यबिधि तथा नियमावलीहरु पारित गरेको छ । बैठकले शिक्षा नियमावली २०७४, सिस्ने गाउपालिका संहिता २०७४, आर्थिक साहेता कार्यबिधिी २०७४, स्थानीयतह वाट गरिने बजार अनुगमन २०७४ पारित गरेको छ । त्यस्तै गाउपालिकाका पदाअधिकारी तथा कर्मचारीहरुको सेवा सुविधा सम्बन्धी मापदण्ड २०७४, स्थायी, अस्थाई र करार सेवामा पदपुर्तिको लागि परिक्षामा खटिने कर्मचारिको सेवा सुबिधा मापडण्ड २०७४ पनि पारित गरेको वडा नम्बर २ का वडा अध्यक्ष जीवन केसीले जानकारी दिए ।
त्यस्तै बैठकले रुकुमकोट सभाहलको लागि वडा नम्वर ५ स्थित सरकारी स्वामित्वको जग्गा छनोट गरेको छ । सो जग्गामा रुकमकोट सभाहल निर्माण गर्ने निर्णय गरेको छ । त्यसैगरी कमल पोखरीमा रहेको कमल निकाल्नको लागि टेन्डर आह्वान गर्ने बैठकले निर्णय पनि गरेको छ । गाउपालिका अध्यक्ष कुमारी बरालको अध्यक्षतामा भएको बैठकमा कार्यपालिका अध्यक्ष, वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो भने बैठकको संचालन प्रमुख प्रशासकीय अधिकृत बिमला श्रेष्ठले गरेकी थिईन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto