मेगराज खड्का
नयाँ जिल्ला बनेको रुकुम पुर्बको सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिकामा पर्ने गोल्खाडामा तोक्ने माघ १२ गतेको मन्त्रीपरिषदको निर्णयले यतिखेर त्यस ठाउँ चर्चामा छ, यसअघि कुनै चर्चामा थिएन । जसका कारण कुनै पत्रकार होस अन्य ब्यक्ति संग त्यस गाउँको प्रयाप्त र स्पेशल फोटो छैन।
भौगोलिक रुपमा सुन्दर भए पनि पूर्वाधारका हिसाबले अहिले यो गाउँ शून्य अवस्थामा जस्तै छ । त्यहाँ सरकारी भवनको रुपमा एउटा प्रथामिक बिद्यालयको भवन बाहेक अन्य सरकारी कुनै भवन देखिदैनन । उक्त गाउँमा आधा दर्जन जति मात्र घरहरु देखिन्छन । हाल सदरमुकाम रहेको रुकुमकोट, पोखरा र चुनबांग जस्ता केहि क्षेत्रको लागि ५/६ घण्टाको दुरीमा यात्रा गर्नुपर्ने बाध्यता भएपनि समग्रमा रुकुम पुर्बको केन्द्र भागमा नै पर्छ ।
यो गाउँमा जिल्ला सदरमुकामका लागि निर्माण गर्न सकिने भौतिक पूर्वाधारका लागि जग्गा भने पर्याप्त देखिन्छ । तर यहाँको मौसम हाल सदरमुकाम बसेको रुकुमकोट भन्दा चिसो ठाउँ हो । हेर्नुहोस गुगल म्यापबाट लिईएका त्यस गाउँ र क्षेत्रको केहि स्याटलाईट तस्बिर
फेसबुक प्रतिक्रियाहरु