मेगराज खड्का

रुकुम १२, माघ : अध्ययन, व्यवसाय र जागिरको शिलसिलामा राजधानी काठमाण्डौमा बस्ने रुकुमेलीहरुको बृहत जमघट राजधानीमा शनिबार हुने भएको छ । बिभिन्न पेशा व्यवसायमा रहेका रुकुमेलीहरुबिच आपसी पुनःमिलन र भातृत्वको विकास गर्न भेला आयोजना गरिएको हो । बृहत बनभोज तथा सास्कृतिक कार्यक्रम नाम दिइएको उक्त जमघट माघ १३ गते शनिबार श्रीकालिचौर ललितपुरमा हुनेछ । श्रीकालिचौर पर्यटकीय स्थल तथा बनभोज स्थल हो । अखिल क्रान्तिकारी रुकुम काठमाण्डौं सम्पर्क समिति र रुकुम कला सांस्कृतिक मञ्चको आयोजनामा कार्यक्रममा हुने आयोजक संस्था रुकुम कला सांस्कृतिक मञ्चका महासचिब तिलक परियारले आहा सञ्चारलाई टेलिफोन मार्फत जानकारी दिए ।

उनका अनुसार उक्त कार्यक्रममा काठमाण्डौमा रहेका ५ सय बढी रुकुमेलीहरुको सहभागीता हुने अनुमान गरिएको छ । कार्यक्रममा ठाँडीभाँका, पैसेरी र टप्पा जस्ता रुकुमका परम्परागत कलासंस्कृतिहरुको भब्य प्रस्तुती रहेछ । जसमा पुराना देखि युवा पुस्ताका कलाकार, राजनीतिक ब्यत्तित्व, कर्मचारी, ब्यापारी, पत्रकार र बिद्याथीहरुको कार्यक्रममा सहभागीता हुनेछ । कार्यक्रममा सहभागीताका लागि बिद्यार्थीको लागि २ सय ५० अन्यको हकमा १ हजार माथीको शुल्क तोकिएको छ । कार्यक्रममा बनभोज तथा सांस्कृतिक कार्यक्रम पनि रहेका कारण खर्च ब्यवस्थापनका लागि शुल्क उठाउनु परेको आयोजकको भनाई रहेको छ । ‘भोली शनिबार हुने बृहत बनभोज तथा सास्कृतिक कार्यक्रममा सबै जमघट हुने एउटा ऐतिहासिक कार्यक्रम हो’ महासचिब परियारले भने, ‘कुनै अतिआवश्यक कामले समय नमिलेमा बाहेक अन्यहरु सबै सहभागी हुन म आग्रह गर्दछु, जहाँ भेटघाट, आफ्नै कलासंस्कृतिमा रम्ने मौका र बनभोजको स्वाद पनि चाख्न सक्नुहुन्छ ।’

  • नेकपा माओबादी केन्द्रका अध्यक्ष एब पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस कार्यक्रममा प्रमुख आतिथ्यता जनाउने बताएपनि कार्यब्यस्तताका कारण सहभागी हुन नसक्ने उनको सचिबलयले आयोजकलाई जानकारी गराएपछि उनको सहभागीता हुने बिषयमा उल्लेखित समाचार सम्पादन गरिएको :सम्पादक। 

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto