मेगराज खड्का
रुकुम १२, माघ : नयाँ जिल्ला बनेको रुकुमपुर्बको सदरमुकाम हाल रहेको रुकुमकोटबाट गोलखाडामा तोक्ने सरकारको निर्णय लगतै रुकुमेकाटबासीहरु आदोलनमा जुटेका छन । हिजो सरकारको निर्णय बाहिरिए लगतै रुकुमकोटबासीहरुले बिरोध स्वरुप राती नै मसाल जुलुस निकाएका छन । त्यसका साथै प्रदर्शन र प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला समेत जलाईएको छ ।
मन्त्रिपरिषद्को बैठकले सिस्ने गाउँपालिका–५ र ६, रुकुमकोटमा रहेको सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका–१२, को गोलखाडामा सार्ने निर्णय गरेको थियो । रुकुमकोटबाट सदरमुकाम अनेत्र सार्न नदिन आफुहरुको आन्दोलन शुरु भएको र निरन्तर जारी रहने स्थानीय केशबचन्द्र समालले बताए । उनका अनुसार जिल्ला प्रशासन सहितका केहि सरकारी कार्यालयहरुमा स्थानीयहरुको धर्ना छ भने केहि सरकारी कार्यालयहरुमा ताला लगाईएको छ । नेपाली काग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ताहरुले आफ्नै नेतृत्वको सरकारले आफ्नै नेता कार्यकर्ताहरुको हित बिपरित सदरमुकाम सार्ने निर्णय गरेको भन्दै फेसबुक मार्फत पार्टीबाट राजीनामा समेत दिएका छन । शुरुमा सिंगो रुकुमको सदरमुकाम समेत रहेको रुकुमकोट २०३० सालमा रुकुमकोटबाट मुसिकोट सारिएको थियो ।
त्यसपछि नयाँ संबिधान अनुसार जिल्ला टुक्रिएर ४४ बर्षपछि रुकुमकोट क्षेत्र छुट्टै जिल्ला बन्दा २०७४ असोज २० गतेबाट तत्कालिन ईलाका प्रशासन रहेको रुकुमकोटलाई सदरमुकाम तोकेर जिल्ला प्रशासन सहितका अन्य सरकारी कार्यालयहरु स्थापना भई कामकाज सञ्चालन भएको थियो । अहिले ५ महिना पछि काग्रेस नेतृत्वको सरकारले गोलखाडामा जिल्ला सदरमुकाम तोक्ने निर्णय गर्दा आन्दोनलन शुरु भएको हो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto

तिहारको शुभकामना । Happy Tihar


This will close in 20 seconds